Logo

इन्डोनेसियामा प्रहरीको ‘इन्काउन्टर’मा मारिए नेपाली युवा

स्तावेज, माघ ३ गते बुधवार ,२०७४,इन्डोनेसिया – इन्डोनेसियामा एक नेपाली युवा प्रहरीको ‘इन्काउन्टर’मा युवा मारिएका छन् । लागू औषध तस्करको आरोपमा इन्डोनेसियन प्रहरीले उक्त नेपाली युवालाई गोली हानेर मारेको हो । उक्त नेपाली युवाको नेपालको ठेगाना भने खुलाइएको छैन । मारिनेमा ३४ वर्षीय शरण तामाङ छन् ।

इन्डोनेसियन प्रहरीका अनुसार तामाङ अल्पाइन होटलमा लुकेर बसेका थिए । फोन नम्बरका आधारमा ट्राक गरिएको र ग्राहक बनेर उनीसम्म पुगेको प्रहरीले बताएको छ । ५० ग्राम ‘मेथ’ अर्डर गरेर उनलाई ओसीबीसी बैंक अगाडि बोलाइएको थियो । उनी त्यहाँ आए लगत्तै पक्राउ गरिएको र उनको साथबाट ५२ ग्राम लागू औषध बरामद भएको छ । होटलमा उनको कोठा सर्च गर्दा ३/४ किलो मेथ भेटिएको प्रहरीले जनाएको छ ।

सोधपुछका क्रममा उनले अरु साथी रहेको स्थान बताएको र त्यहाँ जाने क्रममा भाग्न खोजेपछि गोली चलाउनु परेको इन्डोनेसिया प्रहरीले बताएको छ । लागू औषध तस्करीको सूचनाका आधारमा अपरेशन चलाइएको सेन्ट्रल जाकार्ता मेट्रो पुलिसका चिफ सिनियर कमिशन रोमन हुटाजुजुले बताएका छन् । उनले सोही अपरेसन अनुसार तमाङलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्