Logo

अंगिकृत नागरिकता लिएकी कोइरालालाई प्रदेश प्रमुख बनाउन खोजियो : पूर्वमन्त्री सरिताको आरोप

स्तावेज, माघ ४ गते बिहिवार ,२०७४,काठमाडौं —आज बुधबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा समाजसेवी अनुराधा कोइरालाको नाम प्रदेश प्रमुखमा आएको छ । प्रदेश नम्बर ३ को प्रदेश प्रमुखमा कोइरालाको नाम आएको बैठकमा संलग्न एक मन्त्रीले बताए । प्रदेश प्रमुखका रुपमा चर्चामा आएकी उनी एकमात्रै महिला हुन् ।

तर, प्रदेश प्रमुखको रुपमा चर्चा भइरहेकै बेला बुधबार बिहानै पूर्वमन्त्री सरिता गिरीले एउटा यस्तो ट्वीट गरिन्, जसले प्रदेश प्रमुख बन्नुअघि नै कोइरालालाई विवाद र बहसमा तानेको छ ।

पूर्व सांसद गिरीले आफ्नो ट्विटमा अनुराधा कोइरालाबारे थप भनेकी छिन्( ‘मैले जानेअनुसार उहाँ दार्जीलिङको हुनुहुन्छ र विवाहपछि नेपाली नागरिक हुनु भएको हो ।  गल्ती पनि हुनसक्छ । तर, यदि यो सत्य हो भने नागरिकता कानुनको सम्बन्धमा राज्यको द्दैध नीति पुनः प्रमाणित भएको छ ।

फोरम नेतृ गिरीको ट्वीट छ ‘अनुराधाजीको नाम प्रदेश प्रमुखमा आइरहेको छ । उनको विरुद्धमा मैले भन्नुपर्ने केही छैन । उहाँ अन्तराष्ट्रिय ख्याति प्राप्त महिला हुनुहुन्छ । धेरै महिलाको उद्दार गर्नुभएको छ । तर, मैले राज्यसँग सम्वाद गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्