Logo

आज सार्वजनिक विदा,देशभरि सोनाम ल्होसार मनाइँदै ,

स्तावेज, माघ ४ गते बिहिवार ,२०७४,काठमाडौं — माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज तामाङ समुदायले देशभरि विविध कार्यक्रमको आयोजना गरी मनाउँदैछ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मञ्जुश्री पात्रो अनुसार आजदेखि चरा वर्ष पूरा गरी कुकुर वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको हहो ।

ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले तामाङ समुदाय प्रकृतिपूजक रहेको तामाङ समुदायले जनाएको छ । यसअवसरमा नेपाल तामाङ घेदुङ लगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्ने बताईएको छ । सोनाम ल्होसार महोत्सवका नाममा तामाङ खाना, भेषभूषा, कला संस्कृति लगायतको प्रदर्शन पनि गरिनेछ । यसै विच सरकारले आज सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तामाङ तथा ह्योल्मो समूदायको सोनाम ल्होसारको अवसरमा बिदा दिने निर्णय गरेको हो। गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद दुवाडीका अनुसार सरकारले बिदा स्विकृत गरिसकेकोले फेरबदल हुँदैन , पूर्वनिर्धारित विदा अनुसार आज सार्वजनिक बिदा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्