Logo

भारतमा पेट्रोलियम पदार्थको मूल्य साढे तीन वर्षयताकै उच्च

स्तावेज, माघ ४ गते बिहिवार ,२०७४,काठमाडौं — नेपालमा इन्धन निर्यात गरिरहेको भारतमा यतिखेर पेट्रोलियम पदार्थको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । भारतमा बुधबार पेट्रोलको मूल्य प्रतिलिटर ७१ रुपैयाँ ३९ पैसा भारु पुगेको छ । त्यस्तै, डिजेलको मूल्य ६२ रुपैयाँ ६ पैसा भारु पुगेको छ । भारतमा कायम भएको बुधबारको मूल्यसूची अनुसार डिजेलले ऐतिहासिक रेकर्ड कायम गरेको छ । पेट्रोल भने साढे तीन वर्षयताकै उच्च बिन्दुमा पुगेको छ ।

हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७० डलर पुगेको छ । तेल उत्पादक मुलुकहरूको संस्था (ओपेक)ले कार्बन उत्सर्जन गर्ने कम गर्ने भन्दै उत्पादन कटौती गरेका कारण विश्वभर नै इन्धनको मूल्यमा वृद्धि भइरहेको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा तीव्र उतारचढाव आएपछि भारतले दैनिक मूल्य समायोजन गर्न थालेको छ । भारतले मूल्य समायोजन गरेर पठाउन थालेपछि नेपालले पनि १५–१५ दिनमा मूल्य समायोजन गर्नुपरेको नेपाल आयल निगमले जनाएको छ । सोहि अनुसार निगमले बुधबार पेट्रोल, डिजेल र मट्टीतेलमा मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा दुई–दुई रुपैयाँ बढाएको हो।

प्रतिक्रिया दिनुहोस्