Logo

प्रदेश प्रमुखको तलब १ लाख २२ हजार

स्तावेज, माघ ४ गते बिहिवार ,२०७४,काठमाडौं — कान्तिपुर दैनिकले प्रदेश प्रमुखको तलब १ लाख २२ हजार रुपैयाँ रहेको समाचार छापेको छ । मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक नियुक्त हुन लागेका प्रदेश प्रमुखलाई पारिश्रमिक र सुविधासहित मासिक १ लाख २२ हजार रुपैयाँ दिइने कानुनले तोकेको समाचारमा उल्लेख छ ।

एउटै व्यक्ति एकपटकभन्दा बढी एकै प्रदेशमा प्रदेश प्रमुख हुन नपाउने व्यवस्था पनि छ । संविधानअनुसार प्रदेश प्रमुख हुन संघीय संसदको सदस्य हुन योग्य, ३५ वर्ष पूरा भएको र कानुनले अयोग्य नभएको हुनुपर्छ ।

प्रदेश प्रमुखले संविधान वा कानुनबमोजिम कुनै निकाय वा पदाधिकारीको सिफारिसमा गरिने किटानीसाथ व्यवस्था भएको बाहेक अन्य कार्य प्रदेश मन्त्रिपरिषदको सिफारिस र सम्मतिबाट गर्नेछन् । त्यस्तो सम्मति मुख्यमन्त्री मार्फत पेश हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्