Logo

चक्कु प्रहार गरि महिलाले गरिन् आफ्नै साथीको हत्या

स्तावेज संवादादाता,माघ २,गते  मंगलवार, २०७४ , कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१८, कटानमा चक्कु प्रहार गरी एक महिलाले आफ्ना पुरुष साथीको हत्या गरेकी छन् । कटानमा कोठा भाडामा लिएर बस्दै आएका २५ वर्षीय राजु बोहराको उनीसँगै बस्ने ३० बर्षीया धर्मा बोहोराले चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

बैतडीको दशरथचन्द नगरपालिका–२, देहीमाण्डौँ घर भएका बोहरासँग एक महिनादेखि धर्मा सँगै बस्दै आएकी थिइन् । कैलालीको धनगढी उपमहानगरपालिका–३, चटकपुरकी ३० धर्माले बोहराको हत्या गर्नुको कारण खुलेको छैन।

राजुको घाँटीमा धर्माले चक्कु प्रहार गरेपछि उपचारका लागि महाकाली अञ्चल अस्पताल लैजाँदा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। धर्मालाई पक्राउ गरी घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाई छ। राजु सशस्त्र प्रहरी बलको जवान पदबाट निलम्बित हुन् भने धर्मा विवाहिता हुन्।

प्रतिक्रिया दिनुहोस्