Logo

अष्ट्रेलियामा लुकेर बस्ने अवैधमा सबैभन्दा धेरै बेलायती र अमेरिकन !

स्तावेज संवादादाता,माघ २,गते  मंगलवार, २०७४ ,सिड्नी,अष्ट्रेलिया-अवसर र उच्च जीवनशैलीको खोजी गर्दै वैधानिक तथा अवैधानिक बाटोबाट नेपालीहरू पश्चिमा देश भित्रिन्छन् । पर्याप्त सम्भावनाहरू नभएका कारण नेपाली मात्र होइन विश्वका अन्य गरिब राष्ट्रका मानिसहरू पनि बेलायत, अमेरिका अष्ट्रेलिया जस्ता पश्चिमा मुलुक प्रवेशका लागि मरिहत्ते गर्छन् ।

पिछडीएका मुलुकका मानिस मात्र होइन विकसित देशका मानिहरु पनि अर्को देशमा लुकेर बस्ने गरेको पाइएको छ । यो कुनै नौलो तथ्य भने होइन, तथापि अमेरिका, बेलायत जस्ता विकसित देशका मानिस विकासशील राष्ट्रमा लुकेर बस्छन् भन्ने कुरा अचम्म लाग्दो भने पक्कैपनि हो ।

कुरा हो अष्ट्रेलियाको । हालै अष्ट्रेलिया सरकारले जारी गरेको तथ्यांक अनुसार अष्ट्रेलियामा लुकेर बस्नेमध्यको ठुलो संख्या अमेरिकन र बेलायतीहरूले पनि ओगटेका छन् । तथ्यांक अनुसार सबैभन्दा धेरै एक तिहाइ संख्या अवैधानिक आप्रवासी चीन तथा मलेसियाबाट रहेका छन् । त्यस्तै ५ हजार १ सय ७० अमेरिकी र ३ हजार ६ सय ८० बेलायती नागरिक अष्ट्रेलियामा लुकेर बसेका छन् ।

विध्यार्थी र पर्यटक भिसामा आउने उनीहरू छोटो समयमै धेरै पैसा कमाउन सकिने र उच्च जीवनस्तरका कारण भिसाको म्याद सकिसक्दापनि अष्ट्रेलियामै बस्ने गरेको कारण पनि सरकारले निर्क्यौल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्