Logo

नोजाको दोश्रो बार्षिकोउत्सव भव्यतापूर्वक सम्पन्न

स्तावेज संवादादाता,पौष २८ गते शुक्रवार २०७४- देशभर रहेको अनलाइन न्युजहरुको छाता संगठन राष्ट्रिय अनलाइन पत्रकार संघ नोजाको दोश्रो  बार्षिकोत्सव समारोह २०७४ पौष २७ गते नेपाल पर्यटन बोर्डको हलमा भव्यताको साथ सम्पन्न भएको छ। सूचना सञ्चार प्रविधि मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आथित्यमा भएको उक्त कार्यक्रममा पर्यटन क्षेत्रमा अनलाइन मिडियाको भूमिका विषयमा छलफल तथा अन्तरक्रिया समेत आयोजना गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले अनलाइन मिडिया समाज परिवर्तन र आर्थिक विकासका लागि सूचना सम्वाहकको रुपमा सञ्चालन गरिनुपर्नेमा जोड दिनुभयो ।

अनलाइन मिडिया सञ्चालन निर्देशिका सरकारले ल्याइसकेको र यसलाई थप मर्यादित एवं व्यवस्थितका लागि सञ्चार मन्त्रालयले प्रेस काउन्सिल नेपाल, सूचना बिभाग, पत्रकार महासंघ, राष्ट्रिय अनलाइन पत्रकार संघ लगायतका सरोकारवाला संघ संस्था र विज्ञहरुसँग छलफल गरी छिट्टै कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको जानकारी गराउनुभयो ।

 

सस्तो लोकप्रियता र राजनीतिक दलको गुमराहबाट अनलाइन मिडियालाई बाहिर ल्याउनुपर्ने अहिलेको टड्कारो आवश्यकतालाई मिडिया हाउस र पत्रकारहरुले मनन गर्नुपर्ने पनि मन्त्री बस्नेतले बताउनुभयो ।

प्रिन्ट तथा विध्युतीय इलेक्टोनिक्स मिडियालाई जस्तै अनलाइन मिडियालाई बर्गीकरण सहित सहुलियतको व्यवस्था समेत आफ्नै कार्यकालमा गर्ने तयारी गरिरहेको समेत सञ्चारमन्त्रीले बताउनुभयो । मन्त्री बस्नेतले पछिल्लो समयमा अनलाइन मिडिया निकै फस्टाएको र नेपालमा मात्र नभएर विदेशमा बस्ने नेपालीले समेत अनलाइन मिडिया चलाउनुभएको हुँदा त्यसलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने  आवश्कता माथि जोड दिनुभएको थियो ।

 

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले अनलाइन मिडियालाई नियमन गर्ने निर्देशिका बनाए मात्रै यसको प्रभावकारिता बढ्ने नत्र आफू खुशी अनलाइन चलाउँदा धेरै समस्या हुने धारणा व्यक्त गर्नुभएको थियो ।

प्रेस काउन्सिलका पूर्वअध्यक्ष बोर्णबहादुर कार्कीले अनलाइन मिडियालाई व्यवस्थित बनाउने कानून ल्याएमा सरकारबाट पाउने लोककल्याणकारी विज्ञापन लगायतका सुविधा लिन समेत सहज हुने बताउनुभएको थियो ।

अनलाइन पत्रकार संघको संघका अध्यक्ष मुकुन्द ढुंगानाले अनलाइन कान्छो मिडिया भए पनि लोकप्रिय मिडिया भएको हुँदा यसलाई जतिसक्दो छिटो व्यवस्थित गर्ने निर्देशिका बनाएर पत्रपत्रिकालाई जस्तै वर्गीकरण गरी राम्रो गर्ने अनलाइनलाई लोककल्याणकारी विज्ञापन दिन आग्रह गर्नुभएको थियो ।

नोजाले आफ्नो दोश्रो बार्षिकोउत्सव समारोहमा  पत्रकार सहित आधा दर्जन सामाजिक क्षेत्रका विशेष व्यक्तित्वहरु सम्मानित समेत गरेको छ । नोजाले एबीसी टिभीका पत्रकार किरण मरहठ्ठालाई जया देवकोटा स्मृति पत्रकारीता पुरस्कार रु ११, १११ राशीद्धारा सम्मानित गरेको छ ।

सम्मानित हुने व्यक्तिहरुमा,

१ .स्वास्थ्य क्षेत्रबाट वेलनेस हस्पिटलका अध्यक्ष सृजन शर्मा,

२.साहित्य बिधाबाट  ममता कर्माचार्य,

३.सञ्चार क्षेत्रबाट दिपशिखा शर्मा,

 ४.महिला ससक्तीकरणबाट राजेश्वरी श्रेष्ठ,

५ .बौद्धमार्गी समाजसेवी आनी भिमसुवा गुरुङ

६.उध्यमी महिलाबाट कल्पना योङहाङ,

 ७ .चलचित्र क्षेत्रबाट गोमा विष्ट थापा,

 ८.आयुर्वेद चिकित्सा बाट सीता थापा भट्टराई,

 ९.कृषि क्षेत्रबाट अन्जना अधिकारी,

१० .महिला वालबालिका तथा सामाजिक क्षेत्रबाट इन्दिरा घले,

११. व्यवसायिक क्षेत्रबाट पुष्पा काफ्ले,

१२ .सामुदायिक हस्पिटलको  क्षेत्रबाट विष्णु कुमार श्रेष्ठ सम्मानित भएका थिए । 

प्रतिक्रिया दिनुहोस्