Logo

प्रधानन्यायाधीशमाथि इजलासमै खनिए डा. केसी,नागरिकता दुईवटा भएको आरोप

स्तावेज,पौष २६ गते ,  बुधवार,२०७४, काठमाडौं –  त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको शैक्षिक योग्यतादेखि जन्ममितिसम्म गलत रहेको दाबी गरेका छन् ।

अदालतको अवहेलना मुद्दामा बयान दिन सर्वोच अदालतका न्यायाधीशद्दय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेकोे इजलासमा बयान दिँदै उनले पराजुलीको शैक्षिक योग्यता र जागिर खाने उमेर,नागरिकता दुईवटा भएको र त्यसबारे छानबिन गर्नुपर्ने  माग गरेका छन् ।

अदालतको अवहलेना हुनेगरी अभिव्यक्ति नदिएको प्रस्ट पार्दै उनले बयानका अधिकांश हिस्सा प्रधानन्यायाधीश पराजुलीको कार्यक्षमता, नैतिकता र बदनियतपूर्ण आदेशमा खर्चिएका छन्  ।

प्रतिक्रिया दिनुहोस्