Logo

एक व्यक्तिले जिते ४५ करोड डलरको मेगामिलियन ज्याकपट

स्तावेज,पौष २३,गते , आइतवार, २०७४,अमेरिका- फ्लोरिडाका एक व्यक्तिले शुक्रवार खोलिएको मेगामिलयन ज्याकपट चिठ्ठा जितेका छन् । केही साता देखि कसैलाई नपरेकाले उक्त चिठ्ठाको ज्याकपटको पुरस्कार राशि ४५ करोड अमेरिकी डलर पुगेको थियो । उनले एकै पटक पैसा लिने निर्णय गरेभने २८ करोड १० लाख डलर घर लाने छन् ।
 
किनेको चिठ्ठाका ६ जादुमय नम्बर मिलेकाले ती व्यक्ति एकैपटक धनकुवेर हुन पुगेका हुन् । शनिवार खुल्ने अर्को पावरवल चिठ्ठाको पुरस्कार राशीपनि बढेर ५७ करोड डलर पुगेको छ ।  २ डलर खर्च गर्दा यो चिठ्ठा जित्नु असम्भव तर सम्भव भने छ । पछिल्लो पटक खुल्दापनि पनि पावरवल ज्याकपट कसैलाई नपर्दा यसको पुरस्कार राशि बढेर ५५ करोड डलर पुगेको हो । यो आउने शनिवार पुन खुल्छ ।
 
२ डलर खर्च गरेर चिठ्ठा किन्दा पर्ने सम्भावना भने करिब ३० करोडमा १ छ । तर, पनि पर्‍यो भने धनकुवेरनै हुन सकिन्छ । अमेरिकामा चिठ्ठामा ठुलो धनराशि खर्च हुन्छ । सन् २०१६ मा मात्र अमेरिकीले ८० अर्ब डलर चिठ्ठामा खर्च गरेका थिए । यी दुई चिठ्ठा अमेरिकाका ४४ राज्यमा किन्न र खेल्न पाइन्छ । 
 
चिठ्ठा परीहाल्यो भने सबै रकम भने पाइँदैन यसमा कर पनि तिर्नु पर्छ । २९ वर्षमा किस्ताबन्दीमा लिनु पर्ने हुन्छ । एकैपटक नगदनै लिन्छु भन्ने हो भने ५७ करोड डलरको चिठ्ठा पर्‍यो करिब ४० करोड डलर लिन पाइन्छ । यो पनि कम रकम होइन ।  ६ जादुमय नम्बर मिल्ने एक वा यसभन्दा बढीलाई चिठ्ठा पर्न सक्छ । एक भन्दा बढीलाई चिठ्ठा पर्‍यो भने पुरस्कार राशि बराबर बाड्नुपर्ने हुन्छ । केही भने अत्याशित रूपमा चिठ्ठा परेर धनी भएका पनि छन् ।
प्रतिक्रिया दिनुहोस्