Logo

सावधान ! राति कम सुत्नुहुन्छ ? डिप्रेसनको सिकार भइएला !

स्तावेज संवाददाता,पौष २१ गते शुक्रवार ,२०७४-राति थोरै सुत्ने गर्नुहुन्छ भने सचेत भइहाल्नुहोस् । हालै गरिएको एक अध्ययनबाट पत्ता लागेको छ कि कम सुत्ने मानिसले डिप्रेसनको सामना गर्नुपर्ने हुनसक्छ ।  अध्ययन अनुसार राति ८ घण्टाभन्दा कम समय सुत्ने मानिसलाई डिप्रेसन हुने सम्भावना धेरै हुन्छ । 

अमेरिकाको बिङ्घमटन विश्वविध्यालयका शोधकर्ताहरुले राति कम सुत्ने मानिसहरुमाथि अध्ययन गरेर यस्तो तथ्य पत्ता लगाएका हुन् । सोधकर्ताहरुले मानिसहरुको सुत्ने अवधि तथा निद्राका दौरान आउने नकरात्मक बिचारबारे पनि अध्ययन गरेका थिए । साथै अध्ययनबाट यो पनि पत्ता लाग्यो कि निद्राका दौरान आउने नकरात्मक बिचारले निद्रामा असर गर्छ । 

शोधकर्ताहरुले धेरै सहभागीहरुमाथि यस्तो अध्ययन गरेर यस्तो निश्कर्ष निकाले हुन् । शोधका दौरान सहभागीहरुले सुतिरहेका बेला व्यक्त गर्ने भावतात्मक प्रतिक्रिया र गतिविधिमाथि अध्ययन गरिएको थियो । 

शोधकर्ता मेरिडिथ कोल्सले भने, ‘सुत्ने बेला विभिन्न प्रकारका नकरात्मक सोचाइसँग जुझ्ने व्यक्ति छिट्टै डिप्रेसनको सिकार हुन्छन् ।’ साथै राति कम सुत्दा पनि मनमा नकरात्मक सोचहरुको विकास हुने गरेको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्