Logo

१० हजार कर्मचारी सरुवा गर्ने सरकारको तयारी

स्तावेज,पौष १८ गते , मंगलवार,२०७४,काठमाडौं – स्वास्थ्य मन्त्रालयले कम्तीमा १० हजार कर्मचारीलाई सरुवा गर्ने तयारी गरेको छ । यसअघि, निर्वाचन आचारसंहिताले नियमित हुने सरुवा रोकिएपछि स्वस्थ्य मन्त्रालयले कर्मचारी सरुवा गर्न पाएको थिएन । 

स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासन शाखका उपसचिव बाबुराम खनालले तल्लो तहदेखि माथिल्लो तहसम्मका कर्मचारीको सरुवा रोकिएकाले समस्या भएको बताए । अहिले नियमित सरुवाको समय नभए पनि सरुवा गर्ने बाध्यता रहेको उनले बताए ।

‘स्थानीय तहमा स्वास्थ्यका कर्मचारीले राम्रो काम गरेकाले सामान्य प्रशासन मन्त्रालयले सरुवाको अनुमति दिइरहेको छैन’ उपसचिव खनालले भने  ।

 

प्रतिक्रिया दिनुहोस्