Logo

सामाजिक परिचालक अनिला गुरुङ विरुद्ध अख्तियारको मुद्दा

स्तावेज,पौष १७ गते सोमवार २०७४,काठमाडौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँ–नगर साझेदारी कार्यक्रमको रकम हिनामिना गरेको अभियोगमा तत्कालीन पोखरा उपमहानगरपालिकाकी सामाजिक परिचालक अनिला गुरुङविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार गुरुङले गाउँ–नगर साझेदारी कार्यक्रमको दुई लाख १२ हजार ५४७ रुपैयाँ कार्यालयमा दाखिला नगरी अपचलन गरेको अनुसन्धानबाट पत्ता लागेको छ । आयोगले बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको जनाएको छ ।

    रासस

प्रतिक्रिया दिनुहोस्