Logo

गौरी केसी र ध्रुव थापालाई रेडियो पत्रकारिता सम्मान २०७४ बाट सम्मानित

स्तावेज,पौष १७ गते सोमवार २०७४,ललितपुर- रेडियो पत्रकारिताको विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै नेपालको पहिलो व्यवसायिक एफएम क्लासिक एफएमले पुराना एवं वरिष्ठ पत्रकारद्दय गौरी केसी र धुव्र थापालाई राकेश लामिछाने स्मृति रेडियो पत्रकारिता सम्मान २०७४ बाट सम्मानित गरेको छ । 

क्लासिक एफएमले आफ्नो २२ औँ वार्षिक उत्सवको अवसरमा केसी र थापालाई सम्मान गरेको हो । क्लासिक एफएमका संस्थापक प्रबन्ध निर्देशक स्वर्गीय राकेश लामिछानेको सम्झनामा यो पत्रकारिता सम्मान स्थापना गरिएको हो । स्व. लामिछानेको स्मृतिमा अब प्रत्येक वर्ष उक्त सम्मान रेडियो पत्रकारितामा योगदान पु¥याउने  दुई जना व्यक्तित्वलाई प्रदान गरिने क्लासिक एफएमकी अध्यक्ष मञ्जु कार्की लामिछानेले बताइन् । 

ललितपुरमा आयोजित एक समारोहमा गौरी केसी र धुव्र थापालाई उपप्रधानमन्त्री तथा उर्जा मन्त्री कमल थापाले सम्मानपत्र तथा नगद पन्ध्र हजार पाँच सय पचपन्न रुपैयाँ सहित सम्मान गरे ।

एफएमको २२ औँ वार्षिकोत्सव तथा सम्मान समारोहमा उपप्रधानमन्त्री थापाले सूचना सम्प्रेषण र मनोरञ्जनका लागि एफएम रेडियोको भूमिका महत्वपूर्ण रहेको भन्दै राष्ट्रियताको संरक्षण र सम्बद्र्धनमा क्लासिक एफएमको भूमिकाको प्रशंसा गरे । थापाले प्रतिस्पर्धाको चूनौतिपूर्ण घडिमा पनि प्रजातन्त्रको सुदृढीकरण, विविधताभित्रको एकता कायम गर्न मात्र नभई रेडियोकर्मीको दक्षता अभिवृद्वि गर्न क्लासिक एफएमले खेलेको भूमिका विशिष्ट रहेको धारणा राखे । 

सम्मानित व्यक्तिद्धय केसी र थापाले क्लासिक एफएमले सुरुवात गरेको यो पत्रकारिता सम्मानले पुरानालाई सम्मान र नयाँलाई प्रोत्साहन गर्ने बताए । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता भुवन पाठकले स्वर्गिय राकेश लामिछानेको व्यक्तित्वको विषयमा बताए । 

कार्यक्रममा श्रष्टाको श्रमको कदर गर्ने परम्परा बसाल्नका लागि एफएमका तर्फवाट संगीत रोयल्टी संकलन समाजलाई नगद पन्ध्र हजार रुपैयाँ रोयल्टी रकम समेत हस्तान्तरण गरिएको थियो । समाजका कोषाध्यक्ष लोकराज अधिकारीलाई एफएमकी अध्यक्ष मञ्जु कार्की लामिछानेले पन्ध्र हजार रुपैयाँको चेक हस्तान्तरण गरिन् ।

श्रष्टाको सम्मानका लागि क्लासिक एफएमले चालेको यो कदमको सराहना गर्र्दै संगीतकार संघका अध्यक्ष लक्ष्मण शेषले एफएमलाई धन्यवाद दिँदै अरुले पनि यस्तै गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्