Logo

न्याय माग्न गएकी नर्स मानव अंग प्रत्यारोपण केन्द्रमै बेहोस

स्तावेज,पौष १७ गते सोमवार २०७४,काठमाण्डौं – भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रको अत्याचार विरुद्ध लडिरहेकी नर्स सजना देउला सोही अस्पतालमा बेहोस भएकी छिन्। अस्पताल प्रशासन समक्ष आफ्ना कुरा राख्न पुगेकी उनी बेहोस भएपछि सुरक्षामा तैनाथ प्रहरीले उपचार कक्षमा पुर्‍याएका थिए।

अस्पताल सुरक्षामा खटिएका असई ताराप्रसाद पन्थीका अनुसार, देउला एक निवेदन लिएर प्रशासनमा पुगेकी थिइन्। न्याय नपाए ज्यानै दिने आशयको निवेदन प्रशासनले दर्ता गर्न नमानेपछि उनी बेहोस भएर ढलेको जानकारी पन्थीले दिए। तर, अस्पतालले उनको उपचार गर्न समेत आनाकानी गरेको उनको पक्षमा लडिरहेकी एक नर्स जिता बरालले बताइन्। 

उनले भनिन्, ‘उनी बेहोस भएको सुनेर आधा घन्टापछि अस्पताल पुग्दा पनि अस्पतालले उपचार थालेको थिएन। उनी अर्धचेत अवस्थामा बरबराइरहेकी थिइन्। उपचार गराउन झगडा नै गर्नुपर्‍यो।’ देउलाको अहिले सोही अस्पतालमा भर्ना गरेर उपचार थालिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्