Logo

सुडानको थप २ राज्यमा पनि संकटकालको घोषणा

स्तावेज, पौष १६ गते,आइतवार,२०७४,कातुम- सुडानले उत्तरी २ राज्यमा ६ महिनाका लागि संकटकाल घोषणा गरेको छ। सुडानले यसअघि नै द्दन्दको चपेटामा परेका अन्य ७ राज्यमा समेत संकटकाल लगाउँदै आएको छ। 

सुडानका राष्ट्रपति ओमार अल बासिरले उत्तरी कोर्दोफान र कसला राज्यमा ६ महिनाका लागि संकटकाल लगाएको सरकारी सञ्चार माध्यम सुनालले राष्ट्रपति कार्यालयलाई उद्धृत गरी जनाएको छ।कसला इरिट्रियाको सीमानामा पर्ने सुडानी राज्य हो भने कोर्दोफान मध्य क्षेत्रमा पर्छ। 

राष्ट्रपतिको कार्यालयबाट जारी एक विज्ञप्तिमा भनिएको छ, ‘उत्तरी कोर्दोफानमा आगामी ६ महिनाका लागि संकटकाल लगाउने निर्णय भएको छ।’ सुनालले विज्ञप्तिमा संकटकाल लगाउनुपर्ने कारणबारे केही नबताइएको पनि समाचारमा उल्लेख गरेको छ। 

सुडानमा सरकार र विद्रोहीबीच सन् २०११ देखि कोर्दोफान र क्लु नाइल क्षेत्रमा युद्ध जारी छ भने द्दन्दका कारण हजारौं नागरिक तथा सुरक्षाकर्मीले ज्यान गुमाएका छन्। सुडानका राष्ट्रपतिले गरेको घोषणा कार्यान्वयन गर्न २ हप्ताभित्र यहाँको संसदले अनुमोदन गर्नु जरुरी छ।

   रासस

प्रतिक्रिया दिनुहोस्