Logo

अनियमितता गरेको अभियोगमा यातायात कार्यालयका प्रमुख पक्राउ

स्तावेज संवादादाता,पौष,१५ गते,शनीवार,२०७४, काठमाण्डौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौंको सुकेधारास्थित यातायात व्यवस्था विभागको लाइसेन्स वितरण कार्यालयका प्रमुख र शाखा अधिकृतलाई पक्राउ गरेको छ । 

अख्तियारले कार्यालय प्रमुख तथा उप–उचिव सुन्दर भट्टराई र शाखा अधिकृत यमलाल ढकाललाई पक्राउ गरेको हो । साउदी अरेवियन सवारी चालक अनुमति पत्रको आधारमा नक्कली कागजात बनाएर नेपालको सवारी चालक अनुममति पत्र (लाइसेन्स) दिएको भन्दै अख्तियारले उनीहरुलाई पक्राउ गरेको हो । 

उनीहरुले यसो गरेवापत एउटा लाइसेन्सबाट ८० हजार लिने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतले जनाएको छ । 

साउदी अरेवियन लाइसेन्सलाई नेपालीकरण गरेको अभियोगमा यातायात व्यवस्था विभागले बुधवार मात्रै उनीहरुलाई कार्यालयबाट विभागमा तानेको थियो । लाइसेन्सको नेपालीकरणमा आर्थिक अनियमितता गरेको भन्दै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको सचिवस्तरीय निर्णयबाट उनीहरुमाथि थप अनुसन्धान गर्न अख्तियारलाई पत्र लेखिएको थियो । 

प्रतिक्रिया दिनुहोस्