Logo

अमेरिकाद्दारा दुई उत्तर कोरियालीमाथि प्रतिबन्ध

स्तावेज, पौष १३ गते विहिवार २०७४,वासिङ्टन – संयुक्त राज्य अमेरिकाले दुई जना उत्तर कोरियाली अधिकारीहरुमाथि अन्तरराष्ट्रिय रुपमा प्रतिबन्ध लगाएको समाचार छ । ती अधिकारीेले आणविक क्षेप्यास्त्र निर्माणको काममा उत्तर कोरियामा अगुवाई गरेको भन्दै अमेरिकाले उनीहरुमाथि प्रतिबन्ध लगाएको जनाएको छ । 

उनीहरुलाई प्रतिबन्ध लगाउन गत साता संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले सिफारिश पनि गरेको थियो । उत्तर कोरियामाथि प्रतिबन्ध लगाउनेसम्बन्धी प्रस्तावमा सूचिकृत पनि संयुक्त राष्ट्रसंघले नै गरेको थियो । 

यसअघि संयुक्त राष्ट्रसंघले शुक्रबार मात्र पनि अरु केही उत्तर कोरियालीमाथि यस्तैखालको प्रतिबन्ध लगाएको थियो । उत्तर कोरियाका नेता किम जङ उनसँगै क्षेप्यास्त्र परीक्षण गर्दाको समयमा यी अधिकारी साथमै रहेको तस्विर सार्वजनिक भएको थियो । ती अधिकारीमा किम जङ सिक र रि प्योङ चोल भएको सो समाचारमा जनाइएको छ ।

 रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्