Logo

कलाकार बिना थापाको दुर्घटनामा परी मृत्यु

स्तावेज, पौष १३ गते विहिवार २०७४,काठमाण्डौं –राजधानीमा भएको सडक दुर्घटनामा परि कलाकारिता क्षेत्रमा क्रियाशील बिना थापाको मृत्यु भएको छ । बुधवार दिउँसो काठमाडौंको बत्तीसपुतलीमा बा२ख ८९४ नम्बरको ट्याङ्करले ठक्कर दिँदा बा५५प १३८७ नम्बरको स्कुटरमा सवार २७ वर्षीया बिनाको ज्यान भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएकी बिनालाई उपचारका लागि वीर अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । थापा स्टेज कार्यक्रम र दोहरी गीत क्षेत्रमा चर्चित नृत्याङ्गना थिइन् । उनले नेपाली चलचित्र रामप्यारीमा पनि अभिनय गरेकी थिइन् । रंगमञ्च क्षेत्रमा समेत सक्रिय उनी सिल्पी थिएटरसँग आवद्ध थिइन् । 
 

प्रतिक्रिया दिनुहोस्