Logo

सानिया मिर्जावाट प्रभावित छिन् ज्याकलिन फर्नान्डेज

स्तावेज, पौष १३ गते विहिवार २०७४,काठमाण्डौं – दोश्रो मुलुकवाट बलिउड आएर सफलता हात पार्ने नायिकाको रुपमा चिनिन्छिन् ज्याकलिन फर्नान्डेज । ‘पद्दमा犀利士
वती ’जस्तै चरित्र निर्वाह गर्न चाहने ज्याकलिन टेनिस स्टार सानिया मिर्जावाट प्रभावित छिन् । ‘मलाई सानिया मिर्जाको भुमिकामा देखिन मन छ ।’ उनले भनिन् ।

अहिलेसम्म ज्याकलिनले रोमान्टिक कमेडी चलचित्रमा काम गरेकी छिन् । उनी चाहन्छिन्-‘आशुतोष गोवारीकर र सञ्जयलीला भन्साली जस्ता निर्देशकको चलचित्रमा काम गर्न पाइयोस् ।’

उनको भनाई अनुसार बायोपिकमा काम गरेपछि कलाकारले धेरै कुरा सिक्न पाउँछन् । उनी भन्छिन् ‘म फिटनेशमा सचेत छु । कुनै स्पोर्टस्टारको भुमिका पाएँ भने सहजै निर्वाह गर्छु ।

ज्याक्लिन श्रीलंकाली सुन्दरी हुन् । उनको हिन्दी चलचित्रप्रतिको लगाव निकै लोभलाग्दो छ । त्यसकारण उनी बलिउडवाट टाढा जाने विषयमा सोच्न पनि सक्दिनन् । त्यसो त उनले आफ्नो लागि हलिउड पनि रोजाइको विषय नभएको दावी गरिन् ।

सलमान खानसँग ‘रेश ३, किक’ लगायतका चलचित्रमाकाम गरेकी ज्याकलिनले सलमानले आफुलाई निकै सघाएको धारणा राखिन् ‘पहिलो दिनको सुटिङमा मेरो चिट चिट पसिना आएको थियो । सर्ट दिदै गर्दा नर्भस थिएँ तर, सलमानले सघाए ।’ उनले भनिन् ।

 

प्रतिक्रिया दिनुहोस्