Logo

ब्याड ब्वाई बेरोजगार युवाको कथा हो – निर्देशक बरूण अधिकारी

पौष ७ बाट नेपालभर एकसाथ प्रर्दशनमा आउन लागेको चलचित्र “ब्याड ब्वाईको” बारेमा चलचित्रका निर्देशक बरूण अधिकारी सँग हाम्रा संवाददाता ज्याक खड्काले गर्नुभएको छोटो कुराकानी ।

ब्याड ब्वाई कस्तो चलचित्र हो ?

– ब्याड ब्वाई बेरोजगार युवाको कथामा आधारित सामाजिक एक्सन प्रधान चलचित्र हो ।समाझले मानिसलाई खराब र असल दुवै बनाउन सक्छ भन्ने ब्याड ब्वाईमा देखाउन खोजिएको छ ।

तपाईँ आफैले हेर्दा चलचित्र कस्तो बनेको छ ?

– चलचित्रको कथा बस्तु अनुसार त्यसलाई न्याय गर्ने काम भएको छ चलचित्र निर्माणका क्रममा कलाकारहरू, प्राविधिक सम्पूर्ण मेरो टिमको साथीहरूले एकदमै धेरै मेनहत गर्नु भएको थियो त्यो चिज फिल्म मा देखिएको छ चलचित्रको गीत सङ्गीत एकदम राम्रो बनेको छ एक्सन उतिकै सशक्त रहेको छ सबैको मन छुन सक्ने एउटा बेरोजगार युवाको सामाजिक कथालाई उठान गरिएको छ जुन अहिले हाम्रो समाझमा समस्याको रूपमा देखा परिरहेको छ धेरै दर्शकहरूले फिल्म हेर्दा आफूलाई महसुस गर्नु हुनेछ । फिल्म आफ्नो परिवार साथीभईसंग सँग बसेर हेर्न मिल्ने किसिमको बनेको छ दुई घण्टाको समय दर्शहरुले अलिकति पनि बोर नमानि आनन्द लिन सक्ने किसिमको बनेको छ ।

ब्याड ब्वाई कस्ता दर्शकहरूका लागी लक्षित चलचित्र हो ?

– युवाहरूको कथा छ,गाउँ समाजका घटनामा फिल्म केन्द्रित छ, एक्सन, रोमान्स, कमेडी सम्पूर्ण मिक्स गरिएको छ । ब्याड ब्वाई सबै किसिमका दर्शहरूले मनपराउनु हुनेछ ।

चलचित्रले लगानी सुरक्षित गर्छ भनेर कतिको आश गर्नु भएको छ ?

– चलचित्र हामीले हाम्रो तर्फबाट राम्रो बनाउने प्रयास गरेकाछौ सबै कुरा दर्शक को हातमा छ रिलिज पश्चात नै थाहा हुन्छ कस्तो व्यापार गर्छ भनेर तै पनि मलाई आश हाम्रो चलचित्रले आफ्नो लगानी सुरक्षित गरेर नाफा समेत कमाउनेछ ।

नेपाली चलचित्रले नेपाली दर्शकहरूलाई हलसम्म तान्न नसक्नुको कारण के हो जस्तो लाग्छ तपाईँलाई ?

– पछिल्लो समय सुधार हुँदै आइरहेको छ धेरै चलचित्रहरू नेपलि दर्शकहरूले अत्यधिक रुचाईदिनु भएको छ कहिले पनि सय प्रतिशत रिजल्टको आश गर्न मिल्दैन राम्रा चलचित्रले पक्कै पनि हलसम्म दर्शकहरू तानिरहेकै छन्  । सुबिधा सम्पन्न चलचित्र हलहरूको निर्माण पनि बढिरहेको छ  । दर्शकहरूलाई धेरै भन्दा धेरै चलचित्र हेर्नका निमित हलसम्म तान्न दर्शको चाहाना अनुसारका राम्रो गुणस्तरिय चलचित्र निर्माण र चलचित्र कस्तो बनेकोछ दर्शकहरूमा सही सूचना प्रचार प्रसार गर्न आवश्क छ जस्तो लाग्छ मलाई ।

तपाईँको बिचारमा नेपाली चलचित्र विकासका लागी के गर्न पर्ला ?

– सर्बप्रथम त बजारको बिस्तार हुन आवश्यक छ । बजार राम्रो भए गुणस्तरिय, राम्रा नेपाली चलचित्र बन्न सक्छ भन्ने पछिल्लो समय निर्माण भएका केही चलचित्रहरूलाई हामीले उदाहरणको रूपमा लिन सक्छौ । बजार बिस्तारका लागि विभिन्न देशका नागरिकहरू जो ठुलो संख्यामा नेपाली भाषीहरू, जसले नेपाली कला संस्कृतिलाई सम्मान गर्नुहुन्छ तिदेशहरूमा नेपाली चलचित्रको राम्रो बजार बन्न सक्ने सम्भावना छ त्यसमा सम्बन्धित निकायको ध्यान केन्द्रित हुन जरुरी छ विभिन्न अन्तराष्टीय फिल्म फेस्टीबलहरूमा नेपाली फिल्म सहभागिताको लागी प्रोत्साहीत गर्न आवश्य छ । चलचित्र लगानी कर्ताहरूलाई चलचित्रले कमाएको रकमको पारदर्शीता एकदमै आवश्यक छ अन्य धेरै कुराहरू सुधार हुन आवश्यक छ ।

चलचित्र क्षेत्रमा प्रवेश गर्न चाहने नयाँ जनुहार हरूलाई के भन्न चाहनुहुन्छ ?

– म आफू पनि नयाँ नै छु म एक चलचित्र निर्देशन अध्ययन गरिरहेको विध्यार्थी हुँ। नयाँ आउन चाहने कलाकार,निर्देशक प्रबिधिक सम्पूर्णलाई म युनिर्भसिटीबाट सम्बन्धित विषयमा अध्यायन गरेर आउनुस नेपालमा पनि अहिले टि.यु. बाट मान्यता प्राप्त फिल्मी कलेजहरू छन् । नेपालमा चलचित्र क्षेत्रमा प्राय जसो नेपालमै होस या विदेश गएर होस केही महिनाको अध्ययन गरेर काम गर्ने चलन छ मलाई लाग्छ त्यतिले पुग्दैन सम्बन्धित विषयमा गहिराई सम्म पुग्न आवश्यक छ ।

अन्त्यमा दर्शकहरूलाई केही भन्न चाहनुहुन्छ  ?

– यही पौष ७ बाट चलचित्र ब्याड ब्वाई नेपालभरि एकसाथ प्रर्दशनमा आउँदै छ ,सम्पूर्ण नेपाली चलचित्रलाई माया गर्नुहुने दर्शकहरूलाई आफ्नो नजिकको सिनेमा हलमा गएर हेरीदिनुहुन आग्रह गर्दछु साथै चलचित्र हेरिसकेपछी आफ्नो प्रतिक्रिया दिनुहोला तपाईँहरूको सल्लाह सुझावलाई आत्मा साथ गर्दे आगामी दिनमा अन्य राम्रा चलचित्र दर्शकसामु ल्याउन निरन्तर लागी परिरहने छु । धन्यवाद !

प्रतिक्रिया दिनुहोस्