Logo

छायांकनकै क्रममा चलचित्र ‘भैरे’ लाई मान सम्मानको ओईरो

स्तावेज, मंसिर २९ गते, शुक्रबार, २०७४, काठमाडौं – अपर मुस्ताङ र लोअर मुस्ताङको रमणिय दृष्यको छायांकन पश्चात चलचित्र भैरे टिम नेपालको एकमात्र नमुना पर्यटकीय गाउँ स्याङ्गजा जिल्लाको सिरुबारी प्रस्थान गरेको छ । उक्त स्थानमा पुग्दा स्थानीय बासिन्दाले ५४ जनाको टिमलाई पञ्चै बाजासहित र फूलमाला र अबिर घडाहरु सहित पञ्चकन्याद्धारा भैरे सुटिङ युनिटको भव्य स्वागत गरेका छन् । उक्त अवसरमा चलचित्र निर्देशक एभरेष्ट सूर्य बोहरा,दयाहाङ राई,बिक्रान्त बस्नेत,बुद्धि तामाङ,वर्षा शिवाकोटी,सुरक्षा पन्त,जान्हवी बोहरा,प्रसिद्ध छायाँकार पुरुषोत्तम प्रधान सहितको जम्बो टोलीको बाक्लो उपस्थिति रहेको बताइएको छ ।

चलचित्र ‘भैरे’ युनिटले सिरुबारीमा एक हप्तासम्म छायांकन गर्ने चलचित्र निर्देशक श्री एभरेष्ट सूर्य बोहराले टेलीफोनमार्फत दस्तावेज डट कमलाई बताउनुभएको छ । ‘भैरे’ एकमात्र यस्तो चलचित्र हो जो संसारकै सुन्दर ठाउँहरूको चयन गरी छायांकन गरिएको छ । जहाँ सर्वसाधारणको पहुँच अत्यन्त न्यून छ । यस्तो अवस्थामा दर्शकहरूले चलचित्र मार्फत नेपाली जनमानसको जल्दोबल्दो कथावस्तुको साथसाथै नेपालका प्रसिद्ध मनोरम दृष्यहरुको आनन्द लिन सक्नेछन् ।

‘भैरे’मा दर्शकहरूले रुचाएका सर्वाधिक हिट कलाकारहरू जस्तै दयाहाङ राई लगायत दर्शकहरुको मन मुटुमा बसेका जल्दा बल्दा कलाकार बुद्धि तामाङ,सफल अभिनय गर्न माहिर सुरक्षा पन्त,वर्षा सिवाकोटी,अनुभव रेग्मी, चर्चित नायक बिक्रान्त बस्नेत,जयनन्द लामा लगायतका उत्कृष्ट कलाकारहरुका साथै नेपालका सुप्रसिद्ध छायाँकार पुरुषोत्तम प्रधान रहेका छन् ।

यस चलचित्रमा सुनिल थापा (रातेकाईंला), चर्चित नायक बिक्रान्त बस्नेत, वर्षा शिवाकोटी, बुद्धि तामाङ (हैट) जयनन्द लामा, सबिता गुरुङ, जान्हवी बोहरा, कुमारी लामा लगायतका कलाकारहरू मुख्य भूमिकामा रहेका छन् भने बाल कलाकारहरुमा अनुभव रेग्मी, कञ्चन ठकुरी,अंकित पौडेल लगायतको पनि अभिनय रहेको छ । पुरुषोत्तम प्रधानको छायाङ्कन रहेको चलचित्र ‘भैरे’मा कविराज गहतराजको नृत्य निर्देशन, वसन्त सापकोटा, अर्जुन पोख्रेल एवं चर्चित गायक एम बरालको सङ्गीत रहेको छ । समग्रमा भन्नुपर्दा चलचित्र ‘भैरे’ आर्थिक,सामाजिक एवं मनोरन्जनको हिसाबले पनि निकै अगाडी बढ्ने दाबी गरिएको छ ।

चलचित्र ‘भैरे’का निर्माता प्रेम प्रसाद पौडेल हुनुहुन्छ भने कार्यकारी निर्मातामा देवी माया अधिकारी रहनुभएको छ । निर्देशक एवं कलाकार एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको उक्त चलचित्रमा चर्चित गायक एम बराल, लेख बहादुर पुन : (डेनिम),देवीमायाँ अधिकारी र रघु पुरी सह-निर्माता रहनुभएको छ भने सूर्य थोकर र चन्द्र पन्तको द्दन्द निर्देशन रहेको छ । पटकथा तथा संवाद अभिमन्यु निरवी र दिनेश न्यौपानेको रहेको उक्त चलचित्रको छायाङ्कन अवधि ४० दिन तोकिएको छ । आगामी तिजमा धुम धडाकासाथ चलचित्र प्रदर्शनमा आउने जानकारी चलचित्र युनिटले दिएको छ ।

    Deepshikha Sharma

[email protected]

प्रतिक्रिया दिनुहोस्