Logo

हाइड्रोसिल भएका ४ सय बिरामीको निःशुल्क शल्यक्रिया

स्तावेज, मंसिर २९ गते, शुक्रबार, २०७४, काठमाडौं- हाइड्रोसिल (अण्डकोष वरिपरि पानी भरिएर ठूलो हुने रोग) को निःशुल्क शल्यक्रिया गर्ने कार्यक्रम अनुसार वीर अस्पतालले यस वर्ष ४ सय जनाको उपचार गर्ने लक्ष्य लिएको छ।साउनदेखि सुरु भएको यस वर्षको कार्यक्रममा अहिलेसम्म ५० जनाको निःशुल्क शल्यक्रिया भइसकेको अस्पतालका सामाजिक सेवा इकाइका प्रमुख टीकाराम पनेरुले जानकारी दिए।

नेपालमा हाइड्रोसिलका बिरामी करिब एक लाख रहेको अनुमान छ। नेपालमा हात्तीपाइले रोगका कारण हाइड्रोसिलका बिरामी बढेपछि सरकारले निःशुल्क शल्यक्रियाको व्यवस्था गरेको हो। उक्त कार्यक्रम अन्तर्गत नै वीरले गत वर्षदेखि नि:शुल्क सेवा सुरु गरेको हो। सरकारले प्रत्येक अस्पताललाई एक जना बिरामीको शल्यक्रिया गरेबापत रु ५ हजार ५ सय उपलब्ध गराएको छ। उक्त रकम बिरामीको शल्यक्रिया र औषधिका लागि पुग्नेछ।

हाइड्रोसिल भनेको पुरुषको अण्डकोषको बाहिरी भागमा पानी जम्मा हुनु हो। हाइड्रोसिल एक वा दुवै अण्डकोषमा हुन सक्छ। जम्मा भएको पानीले गर्दा अण्डकोष सुनिएको वा ठूलो भएको जस्तो देखिन्छ। हाइड्रोसिलले कहिले दुखाइ पैदा गराउदैन तर अण्डकोषको आकार भने ठूलो बनाउँछ। यसको उपचार सामान्य शल्यक्रिया नै हो।

प्रतिक्रिया दिनुहोस्