Logo

टीकापुर हत्याकाण्डका आरोपी रेशम चौधरी फरार

स्तावेज, मंसिर २५ गते सोमवार, २०७४ काठमाडौँ- टीकापुर हत्याकाण्डका आरोपी  रेशमलाल चौधरी कैलाली १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुने पक्कापक्की भएको  छ । 

पछिल्लो मतगणना अनुसार चौधरी १८ हजार २४२ मतसहित अग्रस्थानमा छन् । उनको प्रतिस्पर्धामा रहेकी एमालेकी गरिमा शाहको ५ हजार २२७ र कांग्रेसकी ईश्वरीको न्यौपाने ४ हजार ३४८ मत रहेको छ ।

एक बालकसहित ९ प्रहरीको विभत्स हत्या भएको टीकापुर काण्डमा चौधरीलाई प्रहरीले मुख्य योजनाकार ठहर गर्दै पक्राउ गर्न खोजेपछि उनी फरार छन् ।

प्रतिक्रिया दिनुहोस्