Logo

महानगरीय ट्राफिक प्रहरीद्दारा उपत्यकाबाट १२ सय सवारी नियन्त्रणमा

स्तावेज,मंसिर २१ गते बिहिवार, २०७४,काठमाडौं –महानगरीय ट्राफिक प्रहरी महाशाखाले निर्वाचनको अवज्ञा गरी सवारी साधन चलाएको भन्दै एक हजार २१९ सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

काठमाडौँ उपत्यकाबाट बुधबार राति १२ बजेदेखि बिहीबार अपराह्न ४ बजेसम्म उक्त सवारी साधनलाई महाशाखाले नियन्त्रणमा लिई कारबाही गरेको हो । महाशाखाले निर्वाचनको समयमा सवारी साधन नचलाउन आग्रह गरेकोे थियो ।

नियन्त्रणमा लिइएका सवारीसाधनमध्ये मोटरसाइकल एक हजार १६२, चारपाङ्ग्रे ५० र भारी सवारी साधन सातवटा रहेको महाशाखाका प्रमुख सर्वेन्द्र खनालले जानकारी दिनुभयो 

प्रतिक्रिया दिनुहोस्