Logo

कास्कीमा ६७ प्रतिशत बढी मत खस्यो, गणना भोलिदेखि

                                      फाईल फोटो

स्तावेज,मंसिर २१ गते बिहिवार २०७४,पोखरा – कास्कीमा बिहीबार भएको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनामा ६७ प्रतिशत भन्दा बढी मत खसेको प्रारम्भीक परिणाम आएको छ । क्षेत्रिय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुबेदीले ६७ प्रतिशत मत खसेको बताए। उनले आज राति अबेरसम्म मतपेटीका आउने र भोलि दिउँसोबाट मतगणना गरिने बताए। सबै मतदान केन्द्रका मतपेटिकाहरू राति १ बजेसम्म मतपेटिका आइपुग्ने उनले बताए। भोलि बिहान सर्बदलीय बैठक बोलाइने मतगणना सुरु गर्ने उनले जानकारी दिए।

कास्कीमा २ लाख ५५ हजार ४ सय ५२ मतदाता छन्।  कुल १ सय ५० मतदानस्थलमा ३ सय १७ मतदान केन्द्र थिए। कास्कीमा १७ दल र स्वतन्त्र गरी कुल ९५ जना उम्मेदवार चुनावी मैदानमा छन्।

प्रदेश ४ का ५ जिल्ला कास्की, स्याङ्जा, तनहुँ, पर्वत र नवलपुरमा ६ सय ७१ मतदान स्थल रहेका छन्। पहिलो चरणमा निर्वाचन सम्पन्न भएका जिल्लाको मतगणना सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्