Logo

मोटरसाइकलको साइलेन्सरमा १७ किलो सुन भेटियो , अभियुक्तलाई पक्राउ गरी सार्वजनिक

 

स्तावेज, मङ्सिर १७ गते, आइतबार, २०७४,काठमाण्डौं – महानगरीय प्रहरी बृत बालाजुले शनिबार बरामद गरेको १७ किलो सुनसहित पक्राउ परेका छुल्टिम तामाङलाई सार्वजनिक गरेको छ । प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका निवासी तामाङलाई सुन सहित सार्वजनिक गरेको हो ।

अभियुक्तले प्रयोग गरेको मोटरसाइकलको साइलेन्सरमा लुकाएर ल्याएको अवस्थामा सुन बरामद गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता रामदत्त जोशीले बताउनुभयो । बरामद १७ किलो सुन बजार मूल्य अनुसार ८ करोड ९ लाख बराबर पर्ने प्रहरीले जनाएको छ ।अभियुक्त तामाङको साथबाट नेपाल र चीनको सिम भएको २ वटा मोबाइल पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्