Logo

श्रीमान भन्दै होटलमा बसेकी महिलाको शव भेटियो

स्तावेज, मङ्सिर १७ गते, आइतबार, २०७४,मलंगवा – सर्लाही सदरमुकाम मलंगवाको एक होटलमा महिला मृत अवस्थामा भेटिएकी छन्। बागमती नगरपालिका-४ घर भई काठमाडौं टोखा नगरपालिका-९ बस्ने ३२ वर्षीया कल्पना श्रेष्ठ सुवेदी आइतबार बिहान सिम्रिक लजमा मृत फेला परेको सर्लाही प्रहरीले जनाएको छ। उनी २४ वर्षका एक पुरुषसँग श्रीमान्श्री/मती भन्दै तीन दिनदेखि लजमा बस्दै आएकी थिइन्।

घटनापछि प्रहरीले ती पुरुषलाई नियन्त्रणमा लिएको छ। महिलाको मृत्युको कारणबारे प्रहरीले केही खुलाएको छैन। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कुन्दन देवले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्