Logo

अस्पतालहरुमा विरामी बालबालिकाको चाप बढ्यो

स्तावेज, मङ्सिर १७ गते, आइतबार, २०७४,काठमाण्डौं – नेपालमा निमोनिया लगायतका छातीको संक्रमणले बालमृत्युदरको सबभन्दा बढी हिस्सा ओगटेको छ । पछिल्लो समय जाडो बढेसंगै अस्पतालहरुमा बिरामी बालबालिकाको चाप पनि बढेको छ । जाडो मौसममा बालबालिकाहरुको स्वास्थ्यको बिशेष ख्याल राख्न विशेषज्ञहरुको सुझाब छ ।

जाडोले बृद्धबृद्धा, रोगी र बालबालिकाको दिनचर्या असहज बनाइदिन्छ । यस क्रममा पनि हेलचेक्रयाई गरियो भने निमोनिया हुनसक्छ । निमोनिया मृत्युको कारण समेत बन्न सक्छ । त्यसैले जाडो मौसममा आफ्ना बालबालिकाको स्वास्थ्यमा अलि बढी हेरविचार गर्नु पर्ने बालरोग विशेषज्ञको जिकिर छ । स्वासप्रस्वास रुघाखोकी र झाडापखाला जस्ता समस्या लिएर अस्पताल पुग्ने बालबालिकाको संख्यामा वृद्धि भएपछि बालबालिकाको स्वास्थ्यप्रति सचेत रहन चिकित्सकहरुले सुझाव दिएका छन् ।

जाडो मौसममा रुघाखोकी, निमोनिया,दम, ब्रोंकाइटिस,चिसोको एलर्जी, छालाको समस्या, कोल्ड डायरिया आदिले बालबालिकालाई एकदम छिटो असर गर्दछ । अहिले कान्ति बाल अस्पतालमा पुग्ने बिरामी बालबालिकाको संख्यामा वृद्धि भएको छ । साथै देशभरका अस्पतालमा बिरामीको संख्या १५प्रतिसतले बढेको छ ।

बालबालिकालाई चिसोको बेला राम्ररी हेरविचार गर्ने साथै रुघाखोकीबाट जोगाउन ६ महिना पूरा भैसकेका बालबालिकालाई इन्फ्लुएन्जा भ्याक्सिन, निमोनियाबाट जोगाउन निमोकोकल भ्याक्सिन लगाउन सकिनेछ । नेपालमा निमोनियाका कारण हरेक वर्ष पाँच वर्ष मुनिका ५ हजार ६ सय बालबालिकाको ज्यान जाने गरेको छ । सन् २०११ को तथ्यांक अनुसार हुने कुल बालमृत्युमध्ये १६ प्रतिशत निमोनिया र ११ प्रतिशत झाडा पखालाबाट हुने गरेको छ ।

 
प्रतिक्रिया दिनुहोस्