Logo

अमेरिकी जलसेनाको विमान प्रशान्त महासागरमा दुर्घटनाग्रस्त

स्तावेज , मंसिर ६ गते बुधबार, २०७४, काठमाण्डौं –अमेरिकी जलसेनाको एक विमान बुधवार प्रशान्त महासागरमा दुर्घटनाग्रस्त भएको छ । विमानमा ११ जना सवार थिए । यूएसएस रोनल्ड रेगन नामक उक्त विमानमा रहेका आठजना यात्रु फेला परेको जापानका रक्षामन्त्रीले बताए तर उनीहरू जीवित रहे नरहेको प्रस्ट छैन । जापानको सानो टापु ओकिनोतोरिशिमामा उक्त विमान दुर्घटनाग्रस्त भएको थियो । जापानमा रहेको सेभेन्थ फ्लीटले एक बयान जारी गर्दै खोजी र उद्धार कार्य शुरु गरिएको बतायो । 

स्थानीय समयअनुसार दिउँसो पौने तीन बजे विमान दुर्घटनाग्रस्त भएको थियो । विमान कर्मचारी र यात्रुहरूको नाम अहिले सार्वजनिक गरिएको छैन । पूर्वी एसियामा अमेरिकी सशस्त्र बल दुर्घटनामा परेको यो ताजा घटना हो । शुरुवाती अनुमानअनुसार इन्जिनमा समस्या आएका कारण विमान दुर्घटनाग्रस्त भएको हुनसक्छ ।

             एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्