Logo

लमजुङ सदरमुकाममा पनि भेटियो बम, सेनाद्दारा पारियो निष्क्रिय

स्तावेज संवाददाता,मंसिर २ गते शनिबार २०७४,लमजुङ – लमजुङ सदरमुकाम बेसीशहरमा पनि बम फेला परेको छ । बेसीशहर नपा–८, अस्पताल चोकमा शनिवार बिहान फेला परेको बमलाई नेपाली सेनाले निष्क्रिय पारेको छ । लमजुङ जिल्ला सामुदायिक अस्पताल छेउ सडक नालीमा शंकास्पद बस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । 
 
उक्त बमलाई नेपाली सेनाको श्रीजङ गणबाट आएको बम डिष्पोजल टोलिले निष्क्रिय पारेको थियो । नेपाली सेनाका अनुसार कित्ली भित्र सुतली बम भेटिएको थियो । सेनाले दुईपटकसम्म प्रयास गरेपछि बम निष्क्रिय पारिएको श्रीजङ गणका प्रमुख सेनानी माधव थापाले जानकारी दिए ।
 
यसअघि शनिवार विहानै बेसीशहर नजिकैको बनमा पनि वम पड्किएको थियो । विहान करीव ६ बजे चर्को आवाजमा बम पड्किएपछि सर्वसाधरण आतङ्कित भएका छन् । शनिवार सदरमुकाम बेसीशहरमा नेपाली काङ्ग्रेसको आमसभा हुँदैछ । आमसभामा वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोईरालाले सम्बोधन गर्दै छन् ।
प्रतिक्रिया दिनुहोस्