Logo

कांग्रेस नेता डा.रामशरण महतलाई लक्षित गरी बम प्रहार

स्तावेज, मंसिर १ गते शुक्रवार, २०७४ ,काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. रामशरण महतलाई लक्षित गरी बम विस्फोट गराइएको छ। नुवाकोटको ककनी–५ मा डा. महत सवार बा१६च ६६५ नम्बरको गाडीलाई लक्षित गरी अज्ञात समूहले बम विस्फोट गराएको हो।

विस्फोटबाट कांग्रेस महाधिवेशन प्रतिनिधि कृष्ण मिश्रसहित पाँच जना घाइते भएका छन्। नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. महत लक्षित बम विस्फोट गराउनेको खोजी भइरहेको प्रहरीले जानकारी दियो । उम्मेदवार लक्षित बम आक्रमण र एम्बुस राख्ने क्रम बढेको छ । तर, उम्मेदावरमाथि सांघातिक आक्रमणमा उत्रिएकाहरु हालसम्म कोही पनि पक्राउ पर्न सकेका छैनन् । केहि दिन यता एक दर्जन उम्मेदवारमाथि बम आक्रमण भइसकेको छ ।

यसअघि वाम उम्मेदवार जनार्दन शर्मा, वर्षमान पुन, शेरधन राई, नारायणकाजी श्रेष्ठलाई लक्षित बम विस्फोट भएको थियो भने वाम राजेन्द्र गौतमसहित चार वाम उम्मेदवार सवार गाडीलाई लक्षित गरी विद्युतीय एम्बुस विस्फोट गराइएको थियो । यसैगरी काग्रेसका उम्मेदवार खमबहादुर गर्बुजा र सिँचाई राज्यमन्त्री समेत रहेका रोल्पाका प्रतिनिधिसभा सदस्य उम्मेदवार अमरसिंह पुनमाथि पनि बम प्रहार भएको थियो ।

 
प्रतिक्रिया दिनुहोस्