Logo

‘फेक समाचार’ आम्दानीको माध्यम ?

स्तावेज मंसिर २१ गते शुक्रबार २०७४-साइबर अपराधीहरूले फर्जी समाचारलाई आम्दानीको राम्रो माध्यममका रूपमा विकास गर्दै कम्तीमा १० अमेरिकी डलरबाट शुरूगरी विभिन्न बिषयवस्तुको गम्भीरताका आधारमा मुल्य तय गरी लिने गरेको अमेरिकामा सार्वजनिक गरिएको एक अनुसन्धानमा सम्लग्न समूहले बिहीबार सार्वजनिक गरेको छ ।

‘डिजिटल स्याडोज’ नामक अनलाइन सुरक्षा फर्मले सार्वजनिक गरेको प्रतिवेदनले जनाएअनुसार प्रसिद्ध सञ्चारमाध्यमसँग मिल्दोजुल्दो नाम राख्ने, वेबसाइटको आफ्नै आकर्षक नाम दिने वा अर्काको चलेको वेबसाइटको नाममा एक दुई अक्षर छुट्टाउने र यिनै वेबसाइटबाट गलत उत्पादनको प्रवर्द्दन गरी आम्दानी गर्ने प्रवृति बढेको जनाइएको छ ।

उक्त अध्ययन प्रतिवेदनमा खोजकर्ताहरूले विभिन्न दुई हजार ८०० सञ्चालनमा रहेका यस्ता फर्जी वेबसाइट भेटेको पाएको जनाएका छन् । कतिपय अवस्थामा ख्याति कमाएका वेबसाइटमा एक दुई अक्षर हटाएर त कतिपय अवस्थामा सक्कलीजस्तो लाग्ने वेबसाइटको नाम दिएर साइबर अपराधजन्य क्रियाकलापमा लाग्ने गरेको उक्त अध्ययन प्रतिवेदनमा दावी गरिएको छ ।

केहीले रसियामा रहेका प्रचारक समूहजस्तै उपाय अपनाउने र वेबसाइटमा सामग्री प्रकाशन गरेवापत राम्रै मुल्य लिने गरेका बताइएको छ । यस्ता अपराधीले वैध कागजातलाई सामान्य परिवर्तन गर्ने र तिनीहरूलाई भ्रामक प्रचारबाजीका लागि समाजमा लाने गरेको उक्त समूहले जनाएको छ ।

कुनै राम्रो समाचार प्रसङ्गजस्तै यसरी बनेका ‘फर्जी समाचार’लाई आफ्ना सहयोगीमार्फत वितरण गर्ने, पुनः प्रकाशन वा प्रशारण गर्ने र बजारमा ल्याउने गरेका पाएउको छ, अध्ययनमा भनिएको छ । 

अपराधीले गलत सूचनालाई जति व्यापक रूपमा प्रचार गर्न सक्यो सर्वसाधारणको मनमस्तिस्कमा त्यति नै छाप पार्ने र यही नै आम्दानीको स्रोत बनाइने गरेको प्रतिवेदनमा छ । यस किसिमका भ्रामक प्रचारहरू आजभोलि राजनीतिमा पनि देखिन थालेका र यो गम्भीर चासोको बिषय बनेको अनुसन्धानमा सम्लग्न डिजिटल स्याडोका उप–प्रमुख रिक होल्याण्डले बताए ।

यो भूराजनीतिभन्दा पर आर्थिक लाभका लागि प्रयोग हुनथालेपछि यसको प्रभाव इमान्दार व्यापार र उपभोक्ताबीच पनि पर्न थालेको हल्याण्डले बताए ।

वासिङ्टन (रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्