Logo

विप्लव समूहका चार कार्यकर्ता पक्राउ

स्तावेज संवाददाता, मंसिर १ गते शुक्रवार, २०७४ , भोजपुर – निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चारजना कार्यकर्ता पक्राउ परेका छन् । नेकपा एमाले उम्मेदवार शेरधन राईको गाडीमाथि बम प्रहार भएपछि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले विहिबार भोजपुरका विभिन्न स्थानबाट प्रक्राउ गरेको हो । 

टेम्केमैयुङ्ग गाउँपालिका–२ छिनामखुबाट लोकबहादुर विष्ट, षडानन्द नगरपालिका–२ कुदाककाउलेबाट दुर्गा भट्टराई, षडानन्द नगरपालिका–१० बोयाबाट जीवन राई र भोजपुर नगरपालिकाबाट गोपाल पराजुलीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक गितनारायण चौधरीले जानकारी दिनुभयो । 

यता आफ्ना कार्यकर्ता गिरफ्तार गरिएको विरोधमा कम्युनिष्ट पार्टीले बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै भर्त्सना गरेको छ । जिल्ला सेक्रेटरी मादेन किरातीद्दारा जारी विज्ञप्तिमा स्थानीय प्रशासनले गलत ढंगबाट आफ्ना शुभेच्छुकमाथि धरपकड गरेको उल्लेख गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्