Logo

होचा कलाकार दिपेन शाहको निधन

स्तावेज,कार्तिक ३० गते, बिहीबार, २०७४, काठमाण्डौं – नेपालको सबै भन्दा होचा कलाकार दिपेन शाह (दिपेन सर) को निधन भएको छ । राजधानी बस्दै आएका शाहको १९ वर्षको उमेरमा निधन भएको हो । केही वर्ष देखी बोनम्यारो रोगबाट पीडित दिपेनको बिहीबार बिहान करिब ९ बजे ईमाडोलस्थित किष्ट मेडिकल कलेजमा निधन भएको हो । केही दिनअघि ज्वरो आएर अस्पताल भर्ना भएका शाहको उपचारको क्रममा बिहिबार बिहान ७ बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ । दुई वटै मृगौला फेल भएर मुटुमा पनि असर पुगेपछि उनको निधन भएको अस्पताललाई उद्धृत गर्दै परिवारका एक सदस्यले बताए।

२०५५ सालमा दोलखाको भीमेश्वर नगरपालिका मकैवारीमा जन्मिएका उनले हाँस्य टेलीसृंखला ‘झ्याईकुटी झाई’मा ‘दिपेन सर’ भूमिका निर्वाह गरेर चर्चामा आएका थिए । दिपेनले केही चलचित्रमा समेत अभिनय गरेका छन् । ३१ इन्च मात्र अग्ला रहेका शाहले ‘सारथी’ नामक चलचित्रबाट अभिनयको यात्रा सुरू गरेका थिए । उनी ललितपुरको डाँफे स्कूलमा कक्षा १० मा अध्ययनरत थिए।

प्रतिक्रिया दिनुहोस्