Logo

मकवानपुरमा एक व्यक्तिद्दारा अन्धाधुन्ध खुकुरी प्रहार गरी तीन जनाको हत्या

स्तावेज संवाददाता कार्तिक २८ गते मंगलवार २०७४ ,हेटौडा — मकवानपुरमा  एक  व्यक्तिले अन्धाधुन्ध खुकुरी चलाएर तीन जनाको हत्या गरेका छन् । जिल्लाको मनहरी—७ विजौनाका ३२ वर्षीय सुमन बराइलीले  ५५ वर्षीय सीताराम धिताल, १६ वर्षीय सुदन धिताल र ६५ वर्षीय जीतबहादुर ब्लोनको हत्या गरेका हुन् ।  मृतक सीताराम र सुदन बाबुछोरा हुन् ।

प्रत्यक्षदर्शीका अनुसार  छिमेकी  सुमले एकाएक खुकुरी लिएर आएर उनीहरुलाई गर्धनलगायत शरीरको विभिन्न भागमा प्रहार गरेर हत्या गरेका हुन् ।   मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनालले घरबाट खुडा लिएर निस्केका बराइलीले तीन जनाको हत्या गरेको  पुष्टि गरे । 

प्रहरीका अनुसार बराइलीलाई नियन्त्रण लिन गएको प्रहरी टोलीलाई समेत उनले आक्रमणको प्रयास गरेका थिए  । पछि उनलाई घेरा हालेर नियन्त्रणमा लिन प्रहरी पसफल भएको थियो ।  प्रहरीका अनुसार उनको मानसिक सन्तुलन ठीक थिएन भने यसअघि पनि सो परिवारलाई खुकुरी देखाउँदै तर्साउने गरेका थिए ।  प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस्