Logo

सरकारद्दारा चुनावको मुखमा गैह्रसरकारी संस्थाको कार्यक्रम सञ्चालनमा रोक लगाउने निर्णय

स्तावेज संवाददाता कार्तिक २८ गते मंगलवार २०७४ ,काठमाडौं – प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालको अध्यक्षतामा सोमबार बसेको निर्वाचनसम्बन्धी जिल्लाको सर्वपक्षीय एवं सर्वदलीय बैठकमार्फत निर्वाचन अवधिभर गैह्रसरकारी संस्थाले गरेका कार्यक्रमबाट स्वच्छ र निष्पक्ष निर्वाचन प्रभावित हुने भन्दै आजदेखि लागूहुने गरी मंसिर १० गतेसम्म कार्यक्रम सञ्चालनमा रोक लगाउने निर्णय भएको हो । आसन्न मंसिर १० गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभाव पर्नसक्ने भन्दै नुवाकोटमा रहेका गैह्रसरकारी संस्थाको कार्यक्रममा आजदेखि रोक लगाइएको छ । 

प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालको अध्यक्षतामा सोमबार बसेको निर्वाचनसम्बन्धी जिल्लाको सर्वपक्षीय एवं सर्वदलीय बैठकमार्फत निर्वाचन अवधिभर गैह्रसरकारी संस्थाले गरेका कार्यक्रमबाट स्वच्छ र निष्पक्ष निर्वाचन प्रभावित हुने भन्दै आजदेखि लागूहुने गरी मंसिर १० गतेसम्म कार्यक्रम सञ्चालनमा रोक लगाउने निर्णय भएको हो । 

भूकम्पपछि राहत सहयोगमा कार्यरत रहेका नुवाकोटका दुई दर्जनभन्दा बढी स्वदेशी एवं विदेशी संस्थाले यसअघि नै घोषणा गरेका कार्यक्रमसमेत निर्वाचन सम्पन्न नभएसम्म बन्द गर्नुपर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिए  । 

स्वदेशी तथा विदेशी गैह्रसरकारी संस्थाले आफ्नो नीति र पूर्वघोषित कार्यक्रम अनुसार काम गरे पनि कुनै राजनीतिक दलले ती संस्थालाई आफूले पठाएको भन्दै मतदाता सामु आश्वासन बाड्न सक्ने र सस्तो लोकप्रियता चाहने गतिविधि सञ्चालन हुनसक्ने भन्दै सञ्चालित सबै प्रकारका कार्यक्रममा रोक लगाइएको हो । 

भूकम्पपछि राहत सहयोगमा कार्यरत रहेका नुवाकोटका दुई दर्जनभन्दा बढी स्वदेशी एवं विदेशी संस्थाले यसअघि नै घोषणा गरेका कार्यक्रमसमेत निर्वाचन सम्पन्न नभएसम्म बन्द गर्नुपर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्