Logo

पाटन औध्योगिक क्षेत्रमा भीषण आगलागी

स्तावेज संवाददाता कार्तिक २८ गते मंगलवार २०७४ ,काठमाडौं – मंगलबार साँझ ललितपुरस्थित पाटन औध्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ । भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । प्रहरीका अनुसार त्यहाँ रहेको प्लास्टिक उध्योगमा आगलागी भएको कारण आगो नियन्त्रणमा ल्याउन असहज भइरहेको छ । 

के कारणले आगलागी भएको भन्ने खुल्न सकेको छैन । त्यस्तै, क्षतिको विवरण पनि आएको छैन ।वारुण यन्त्रहरु त्यहाँ पुगेर आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् । त्यस्तै, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत स्थानीय मिलेर आगलागी नियन्त्रणमा खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्