Logo

उम्मेदवार शेरधन राईमाथि बम प्रहारको एमालेद्दारा विरोध

                                    आक्रमणबाट क्षतविक्षत भएको गाडी

स्तावेज संवाददाता कार्तिक २८ गते मंगलवार २०७४ ,काठमाडौं – भोजपुरको प्रदेशसभा क्षेत्र नम्बर १ का वाम गठबन्धनका उम्मेदवार पूर्वमन्त्री शेरधन राई चढेको गाडीमा आक्रमण भएकोमा नेकपा एमालेले विरोध जनाएको छ। निर्वाचन प्रचारको क्रममा उम्मेदवारमाथि आक्रमण हुनुलाई सिंगो एमाले पंक्तिमाथिको आक्रमणको रुपमा लिएको अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्ति मार्फत जनाएका छन्। ‘यस घटनामा संलग्न जोसुकै भए पनि उनीहरूको उद्देश्य लोकतन्त्रलाई संस्थागत हुन नदिने, निर्वाचन भाँड्ने र मुलुकमा भाँडभैलो मच्चाइरहने स्पष्ट हुन्छ।

हामी सरकारलाई निर्वाचनका उम्मेदवारहरूलाई यथेष्ट सुरक्षा प्रदान गर्न र यस्ता साङ्घातिक आक्रमणहरू नियन्त्रण गर्न सचेत गराउँछौं’ ओलीको विज्ञप्तिमा भनिएको छ। एमालेले सरकारले संवेदनशील निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई आवश्यक सुरक्षा उपलब्ध नगराएको र सत्तारुढ दलका उम्मेदवार वरीपरी भने अनावश्यक सुरक्षाकर्मीको भीड जम्मा गरेको आरोप लगाएको छ। ‘पूर्वदेखि पश्चिमसम्मका वाम गठबन्धनका उम्मेदवारमाथि एकपछि अर्को आक्रमणको घटना जारी रहने कुराप्रति सरकारको उदासिनताले हाम्रो पार्टीलाई आश्चर्य चकित बनाएको छ। हामी यस्ता खालका घटनाप्रति गम्भीर हुन र शान्तिपूर्ण तथा स्वच्छ निर्वाचनको ग्यारेन्टी गर्न सरकारसँग माग गर्दछौं’ ओलीले भनेका छन्। 

प्रतिक्रिया दिनुहोस्