Logo

वीरगंजमा २ सय ग्राम खैरो हिरोइनसहित दुई जना पक्राउ

स्तावेज,कार्तिक २६ गते आईतवार , २०७४ ,वीरगंज- वीरगंज महानगरपालिका– १६ रजतजयन्ती चोकबाट आइतबार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले २०० ग्राम खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।

 जिल्ला प्रहरी कार्यालयबाट खटिएको लागू औषध नियन्त्रण व्युरो टोलीले चेकजाँचको क्रममा रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेको अवस्थामा चेकजाँच गर्दा पर्साको मधुवन मथलौव– ६ बस्ने पुष्पलाल साह कानु र सिमरा उप महानगरपालिका– ४ बस्ने सुमित तामाङलाई नाइट्रोभेट नर्फिन र खैरो हिरोइन २०० ग्राम, सेतो हिरोइन पाँच ग्राम गरी झण्डै दुई लाख रुपैयाँ मूल्य बराबरकोे लागू औषधसहित पक्राउ गरिएको जनाइएको छ। 

  1. पक्राउ परेकाहरूलाई आइतबार नै प्रहरीले पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेको छ । अभियुक्तहरूलाई अदालतबाट म्याद थप गरी थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले जानकारी दिए। 
प्रतिक्रिया दिनुहोस्