Logo

चलचित्र “भैरे”लाई सर्वाधिक हिट बनाउन कुनै कसर बाँकी राख्ने छैन

 

एक उत्कृष्ट सिनेमाको सफलताको लागि उत्कृष्ट कथा,पटकथा,संवाद,दूरदर्शी निर्माता कुशल निर्देशक र पवित्र सोच भएको टिम हुनु जरुरी छ । मलाई लाग्छ हाम्रो टिम यी सबै कुराहरुले परिपूर्ण छ । हाम्रो टिमले  चलचित्र “भैरे”लाई सर्वाधिक हिट बनाउन कुनै कसर बाँकी राख्ने छैन ,तसर्थ चलचित्र “भैरे” यस बर्षकै सर्वाधिक उत्कृष्ट र सफल चलचित्र बन्नेमा कुनै दुईमत छैन ।

                         – निर्माता श्री प्रेम प्रसाद पौडेल  

पिता परशुराम पौडेल र माता भिमादेवी पौडेलको कोखबाट सुनसरी जिल्लाको बराह नगरपालिकामा जन्मनुभएका नव निर्माता श्री प्रेम प्रसाद पौडेल सकारात्मक सोच लिएर अगाडी बढ्ने ब्यक्तिमध्ये एक हुनुहुन्छ । यसका साथै उहाँ नेपाली सामाजिक परिवेश र बिदेशी भूमिको रहन सहनलाइ नजिकबाट नियाल्नुभएको एक सफल  ब्यवसायी पनि हुनुहुन्छ ।

अमेरिकाको साँस्कृतिक  राजधानी मानिने न्यूयोर्क शहर जसमा नेपालीहरु र साउथ एशियनहरुको बाहुल्य रहेको र अत्यधिक चहल पहल रहेको एउटा सानो बजारको नाम हो ज्याक्सन हाईट,जुन हाल उहाँको कर्मथलो बनेकोछ । त्यही ज्याक्सन हाईटमा हुँदा होस् या मातृभूमी नेपालमा रहँदा होस्,हमेशा हँसिलो मुहार लिएर सबैसँग हातेमालो गर्न र सबैलाई सहयोग गर्न तयार रहने सहयोगी हातहरुमध्ये श्री पौडेलको नाम अग्रपंक्तिमा आउँछ।

सम्भावनाको खोजी गर्दै,ब्यवसायिक रुपमा सयौं देशको भ्रमण गरि अन्तमा Land of Opportunity अर्थात् सपनाको शहर अमेरिकाको न्यूयोर्कमा रेष्टुरेन्ट ब्यवसायबाट स्थापित भईसक्नुभएका श्री पौडेलले आफ्नो क्षमतालाई व्यापारमा मात्र सीमित गराएर राख्नुभएन । देश बिदेशमा रहेर सामाजिक अभियन्ताको रुपमा दर्जनौं परोपकारी कार्यहरु गरेर एक उदाहरणीय ब्यक्तित्वको रुपमा आज उहाँले आफ्नो नाम स्वर्णिम अक्षरमा लेखाईसक्नुभएको छ ।

निर्माता श्री प्रेम पौडेल परदेशी भूमीमा रहेरपनि आफूकहाँ आउने अतिथीहरुलाई “अतिथी देवोभव”को उक्ति चरितार्थ गर्न कहिल्यै पछाडि पर्नहुन्न । आफूकहाँ आउने पाहुनाहरुलाई आफ्नो हैसियत अनुसारको स्वागत सत्कार गर्न  कहिल्यै चुक्नुहुन्न ।

उहाँ आगामी दिनहरुमा ब्यवसायिक रुपमा नेपाली कला क्षेत्रको संरक्षण सम्वर्द्दन तथा प्रवर्द्दनको लागि अगाडि बढ्ने संकल्प लिएर तन,मन,धनले नेपाली सिने जगतमा  पहिलो पाईला चाल्दै हुनुहुन्छ । उहाँको भित्री ईच्छ्या उत्कृष्ट नेपाली सिनेमा बनाउने रहेकोछ । जुन ब्यवसायिक,आर्थिक,सामाजिक रुपले नै उत्कृष्ट रहने उहाँको दावी छ ।

नेपाली सिनेमा समयको माग अनुसार हुनुपर्छ ,आज बन्ने नेपाली सिनेमाले बर्तमान समयको कथा भनिनुपर्छ ,हिजोको पुस्तालाई सम्मान गरिनुपर्छ ,भावी पुस्तालाई प्रोत्साहन गरिनुपर्छ भन्ने पवित्र भावना राख्ने निर्माता प्रेम पौडेलज्यूको नेपाली चलचित्र क्षेत्रमा भएको आगमनले पक्कैपनि नेपाली सिनेमाको आर्थिक,सामाजिक,व्यवसायिक स्तर उकास्न उल्लेखनिय भूमिका खेल्नेछ । भविष्यमा उहाँले बनाउने नेपाली सिनेमाहरु ब्यवसायिक हुनेछन् ,मनोरञ्जनात्मक हुनेछन्  अनि अर्थपूर्ण हूनेछन् । यसका साथै नेपाली सिनेमाले भावी पुस्तालाई सही दिशानिर्देश गर्नमा अग्रगामी भूमिका खेल्नुपर्ने उहाँको ठहर छ।

सिनेमा निर्माण गर्ने भनेको एउटा पुल बनाएको जस्तै हो ,जुन बलियो र दिर्घकालिन हुन जरुरी छ । जसमा टेकेर भावी पुस्ताले आफ्नो बाँकी जीवन सहजै गुजार्न सकुन् ,सकारात्मक पाठ सिकेर अगाडि बढ्न सकुन् भन्ने उहाँको चाहना रहेको छ  । तसर्थ ईतिहासरुपि पुल बनाउन एक्लो प्रयासले सम्भव छैन त्यसको लागि बलियो टिमको आवश्यकता पर्दछ भन्ने भनाई राख्ने निर्माता प्रेम पौडेल एउटा सशक्त टिम लिएर नेपाली चलचित्र क्षेत्रमा पाईला चाल्दै हुनुहुन्छ।

नेपाली चलचित्र क्षेत्रमा एक कुशल निर्माताको अभाव खड्केको परिप्रेक्ष्यमा एक अनुभवी एवं ब्यवसायिक निर्माताको रुपमा श्री पौडेल अगाडि आउनुभएकोछ । भविष्यमा लगातार नेपाली फिल्मको माध्यमद्धारा नेपाली कला संस्कृतीको जगेर्ना गर्ने उहाँको लक्ष्यरहेको छ । हामी जहाँ भएपनि आफ्नो तर्फबाट समाज परिवर्तन र देश विकासको निमित्त योगदान दिन जरूरी छ ” भन्ने भनाई राख्ने श्री पौडेल मातृभूमीबाट टाढा रहेर पनि नेपाली सिनेमाको माध्यमद्धारा देश विकास र समाज परिवर्तनको भाव बोकेर अगाडी बढ्दै हुनुहुन्छ ।

नेपाली सिने बजारमा अहिले नयाँ नयाँ नेपाली चलचित्र आउने जाने क्रम निकै बढ्दो छ । साथै नयाँ निर्माता आउनेक्रम पनि निकै तिब्र रहेकोछ । यसैबीच अहिले आफ्नो पहिलो चलचित्र ‘भैरे’ लिएर नवनिर्माता प्रेम प्रसाद पौडेल ज्यू नेपाली चलचित्र क्षेत्रमा पहिलो पाईला टेक्दै हुनुहुन्छ ।

 प्रवासमा रहेरपनि बाँकी जीवन नेपाली चलचित्र क्षेत्रको उत्थानको लागि खर्चिने उहाँको योजना रहेकोछ । दूरदर्शी सोच एवं उत्साहका साथ नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्नुभएका नवनिर्माता श्री प्रेम प्रसाद पौडेलज्यूसँग लिईएको अन्तवार्ताको सम्पादित अंश,

१ प्रेम प्रसाद पौडेलज्यू ! सर्बप्रथम दस्तावेज डट कमको तर्फबाट यहाँलाई हार्दिक स्वागत

 —धन्यबाद तपाईँलाईपनि ।

) तपाईँ एक निर्माताको रुपमा चलचित्र “भैरे” मार्फत नेपाली सिने क्षेत्रमा प्रवेश गर्दै हुनुहुन्छ  यसको कुनै खास

 कारण कि ?

 — एक व्यवसायिक सिनेमा निर्माताको रुपमा आज म प्रवेश गर्नुको कारण बालकालदेखिको साहित्य कला र संस्कृति प्रतिको शौख एवं अहिलेको नेपाली सिनेमा क्षेत्रको बढ्दो बजार जस्ता बिभिन्न कुराहरुको सम्मीश्रणका साथै नेपाली सिने जगतमा व्यवसायिक रुपले लाग्नुभएका असल साथीभाईको मायाँ सद्भाभ अनि प्रेरणाले नै हो ।

३)आजकल चलचित्र “भैरे” सामाजिक सन्जाल,पत्र पत्रिकाहरुमा र अनलाइन मिडियामा सर्वाधिक चर्चाको शिखरमा

  पुगेको छ । यसले दर्शकहरुको मन जित्ने कुरामा कत्तिको ढुक्क हुनुहुन्छ ?

-— एक उत्कृष्ट सिनेमाको सफलताको लागि उत्कृष्ट कथा,पटकथा,संवाद,दूरदर्शी निर्माता कुशल निर्देशक र पवित्र सोच भएको टिम हुनु जरुरी छ । मलाई लाग्छ हाम्रो टिम यी सबै कुराहरुले परिपूर्ण छ । हाम्रो टिमले  चलचित्र “भैरे”लाई सर्वाधिक हिट बनाउन कुनै कसर बाँकी राख्ने छैन ,तसर्थ चलचित्र “भैरे” यस बर्षकै सर्वाधिक उत्कृष्ट र सफल चलचित्र बन्नेमा कुनै दुईमत छैन । साथै व्यवसायिक रुपमा चलचित्र ‘भैरे’ले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा निकै ठूलो बजार लिनेमा म ढुक्क छु । आगामी दिनहरुमा नेपाली सिने क्षेत्रको स्तर उकास्न उल्लेखनिय योगदान गर्ने सवालमा पनि हामी कृतसंकल्पित भएर लागिरहेका छौं । आशा छ हामी लक्ष्यमा पुग्न सफल हुनेछौं ।

 )’भैरेकस्तो चलचित्र हो ? बताईदिनुहुन्छ कि ?

 —  एक करोडको बजेटमा बन्न लागेको चलचित्र ‘भैरे’ एवं  नेपाली सिने जगतमा अहिलेसम्मकै अत्यधिक चर्चा परिचर्चा एवं उत्कृष्ट कथा,पटकथा,उत्कृष्ट टेक्निसियन,कथा,पटकथा,संवाद,संगीत,एवं सुपरहिट गीतहरुद्दारा  निर्माण हुन लागेको दमदार प्रस्तुति बोकेको चलचित्र हो । दूर दराजमा छरिएर रहेका तमाम  गाउँले युवकहरुको कथा बोकेको चलचित्र ‘भैरे’ मा दया दयाहाङले ‘भैरे’को भूमिका निर्वाह गर्दैछन् । ‘भैरे’मा दर्शकहरूले रुचाएका सर्वाधिक हिट कलाकारहरू जस्तै दयाहाङ राई,दर्शकहरुको मन मुटुमा बसेका कलाकार बुद्धि तामाङ,सफल अभिनय गर्न माहिर सुरक्षा पन्त,वर्षा सिवाकोटी,अनुभव रेग्मी,बिक्रान्त बस्नेत,जयनन्द लामा लगायतका उत्कृष्ट कलाकारहरुका साथै नेपालका सुप्रसिद्ध छायाँकार पुरुषोत्तम प्रधानलाई लिइएको छ । समग्रमा भन्नुपर्दा  चलचित्र ‘भैरे’ आर्थिक,सामाजिक एवं मनोरन्जनको हिसाबले पनि निकै अगाडी बढ्नेछ ।

)तपाईँलाई देशभित्रको पनि अनुभव बाहिरको पनि,तपाईँको बिचारमा नेपाली चलचित्रको भविष्य कस्तो ?

– मलाई लाग्छ नेपाली चलचित्रको भविष्य निकै उज्ज्वल छ किनभने यतामात्रै हैन देश बाहिर पनि नेपाली चलचित्रको मायाँ मोह र माग अत्याधिक रहेको छ । हामीले राम्रोकुरा सहि ढंगले प्रस्तुत गर्न सक्यौंभने अन्तराष्ट्रिय बजारमा समेत अरुको तुलनामा नेपाली चलचित्रको स्तर उकास्न निकै मद्दत पुग्नेछ ।

) अन्तमा दस्तावेज डट कम मार्फत संसारभर छरिएर रहेका नेपाली सिनेमाप्रेमी दर्शकहरुलाई केहि भन्न 

  चाहनुहुन्छ ?

— चलचित्र ‘भैरे’ मार्फत नेपाली  सिने जगतमा मेरो पहिलो पाईला हो । बरिष्ठ निर्देशक एभरेष्ट सूर्य बोहराको निर्देशनमा एक बलियो टिमका साथ हामी आईरहेका छौं । यसकारण ‘भैरे’ सन् २०१८ को एक उत्कृष्ट सिनेमा बन्नेमा कुनै शंका छैन । त्यसैले यस फिल्मलाई संसारभर छरिएर रहेका नेपाली सिने प्रेमीहरुले मायाँ गरिदिनुहुनेछ भन्ने आशा लिएको छु । यसका साथै दस्तावेज डट कमले मेरो भनाईहरु सार्बजनिक गर्ने मौका दिएकोमा दस्तावेज डट कम परिवारप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।

 Deepshikha Sharma

[email protected]

प्रकाशित मिति, २०७४ साल, कार्तिक २५ गते, शनिवार

 

 

प्रतिक्रिया दिनुहोस्