Logo

अरुको आँखामार्फत विश्व हेर्ने ‘काठमाडौं ब्लाइन्ड वाक’कार्यक्रम सम्पन्न

स्तावेज संवाददाता,कार्तिक २५ गते शनिवार, २०७४ ,काठमाडौं- दृष्टिबारे जनचेतना जगाउने उद्देश्यले ‘काठमाडौं ब्लाइन्ड वाक’को आयोजना गरिएको छ । शनिबार आयोजित ‘काठमाडौं ब्लाइन्ड वाक’मा दृष्टिविहीन विध्यार्थीको सहयोगमा दृष्टि भएका व्यक्तिहरुलाई आँखामा पट्टी बाँधेर हिडाइएको थियो ।

‘रोटरी क्लब अफ काठमाडौं वेस्ट, रोटरी क्लब अफ काष्ठमण्डप र रोटरी क्लब अफ राजधानी’को संयुक्त आयोजनामा काठमाडौंस्थित नक्सालमा ‘ब्लाइन्ड वाक’को आयोजना गरिएको हो ।

‘अरुको आँखा मार्फत विश्व देखौं’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा आँखा दान गर्न इच्छुकलाई आँखा दान गरी कुनै एक व्यक्तिलाई संसार देख्ने वातावरण बनाउन आग्रहसमेत गरिएको थियो । ‘ब्लाइन्ड वाक’मा रोटारियन, रोटर्‍याक्टर, उध्योगी व्यवसायी, प्रहरी, पत्रकार, विध्यार्थी एवं सर्वसाधारणको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्