Logo

प्रहरीमा जागिर लगाईदिने भन्दै आस्वासन देखाएर पैसा असुल्ने एक महिला पक्राउ

स्तावेज संवाददाता,कार्तिक २३ गते बिहिवार, २०७४,तुलसीपुर – प्रहरीमा जागिर लगाईदिने आस्वासन देखाएर पैसा असुल्ने एक महिलालाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको कोटगाउँ घर भई हाल घोराही उपमहानगरपालिका–१५ जानकी टोल निवासी अमृता वली रहेको दाङ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक दुर्गा सिंहले जानकारी दिएका छन् । 

अमृताले प्रहरीमा जागिर लगाइदिने भन्दै दंगिशरण गाउँपालिका वडन नं -७ निबासी अनिकेतन योगी र सोही ठाउँ निवासी विजय विकसँग प्रति व्यक्ति एक लाख पचास हजार रुपैयाँका दरले तीन लाख  लिएको प्रहरीले जनाएको छ । पक्राउ परेकी महिलालाई ठगी मुद्दा चलाएको प्रहरीले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्