Logo

अर्बपती विनोद चौधरी बने आर्थिक समृद्धि र विकास समन्वय उपसमितिको संयोजक

स्तावेज संवाददाता,कार्तिक २३ गते बिहिवार, २०७४ काठमाण्डौं –आगामी निर्वाचनमा नेपाली कांग्रेसले अर्बपती उध्योगी विनोद चौधरीलाई आर्थिक समृद्धि र विकास समन्वय उप समितिको संयोजक बनाएको छ ।
 

उक्त कुराको जानकारी पार्टी निर्वाचन परिचालन समितिका संयोजक एवम् केन्द्रीय सदस्य बालकृष्ण खाँडले चौधरीलाई प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन प्रयोजनका लागि गठित सो  उपसमितिमा मनोनयन गरेको पार्टी मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् । केहि साताअघि मात्रै चौधरी नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका थिए भने काँग्रेसले उनलाई समानुपातिक सूचिमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्