Logo

एक बलिउड अभिनेत्रीको बयान: रक्सीको नशामा रहेका निर्देशकले होटलको कोठामा बोलाए

स्तावेज संवाददाता, कार्तिक २२ गते,बुधवार,२०७४,नयाँदिल्ली – लामो समयदेखि हलिउड तथा बलिउडका कैयौं अभिनेत्रीहरूले आफूमाथि भएको यौन दुर्व्यवहारको खुलासा गरिरहेका छन् । यसमा अर्की एक अभिनेत्री पनि थपिएकी छन्, जसले आफूमाथि भएको घटना बारेमा मुख खोलेकी छन् । अभिनेत्री स्वारा भास्करले एक अन्तर्वार्तामा यसबारे खुलेरै कुरा गरिन्। ‘मुम्बई मिरर’लाई दिएको अन्तर्वार्ताका अनुसार स्वाराले आफ्नो करिअरको सुरूवातमा एक फिल्म निर्देशकले उनलाई होटलको कोठामा बोलाए। उनी त्यहाँ पुग्दा ती निर्देशक रक्सी पिइरहेका थिए। यति मात्र नभई एक रात ती  निर्देशक रक्सी खाएर पनि उनी बसेको कोठामा आए।

‘हामी ५६ दिनको सुटिङका लागि धेरै दुर्गम ठाउँमा गएका थियौं। म त्यतिबेला फिल्म क्षेत्रमा नयाँ थिएँ। मलाई ती फिल्मका निर्देशकले म्यासेज र डिनरका लागि आमन्त्रण गरेर हैरान बनाए। पूरा दिन उनी मेरोपछाडि लाग्थे र रातभर मलाई फोन गर्थे’, उनले भनिन्, ‘एक रात उनले मलाई फिल्मको सिनको बारेमा छलफल गर्ने भन्दै आफ्नो कोठामा बोलाए । म पुग्दा उनी रक्सी पिइरहेका थिए। उनी पहिलो हप्तादेखि नै प्रेम र सेक्सको बारेमा कुरा गर्न सुरू गरिसकेका थिए। यस्तैमा एक रात उनी रक्सीले मातिएर मेरो कोठा आए र अँगालो हाल भने। त्यो एकदमै डरलाग्दो समय थियो।’

ती निर्देशकको व्यवहारले आफू हैरान हुने गरेको सम्झँदै उनले थपिन्, ‘त्यतिबेला म सानी र एक्लै थिएँ। म सुतिसकेँ भन्ने भान परोस् भन्न प्याकअप हुनेबित्तिकै बत्ती बन्द गरेर मेकअप पखाल्थेँ। मैले कैयौं पटक उसको व्यवहारबाट हैरान भएको बताए पनि उनले आफ्नो हर्कत जारी राखे। अन्तमा केही नलागेपछि मैले फिल्मका कार्यकारी निर्मातासँग मसँग हरदम रहने कोही साथी मिलाइदिन भनेँ।’

स्वाराले यस्ता शोषणबाट बच्ने एउटै तरिका रहेको पनि बताइन्, ‘तपाईंको हातबाट बरू रोल जाओस् तर कहिल्यै यस्ता शर्तसँग झुक्न हुँदैन।’उनले फिल्मको रोलको सट्टामा आफूलाई सेक्स प्रस्ताव गरिएको अनुभव पनि सो अन्तरवार्ता खोलिन्। ‘फिल्मको सेटमा एक जनाको अर्डर चल्छ जसका कारण पीडितको आवाजलाई सजिलै दबाउन सकिने रहेछ,’ उनले अन्तर्वार्ताका क्रममा भनिन्।

इन्डिएन एक्स्प्रेस

प्रतिक्रिया दिनुहोस्