Logo

प्रतिनिधिसभा चुनावमा थपिए १४ लाख मतदाता, कुन जिल्लामा कति बढे ?

स्तावेज संवाददाता, कार्तिक २२ गते,बुधवार,२०७४, काठमाण्डौं – गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनभन्दा आसन्न प्रतिनिधि र प्रदेशसभामा झण्डै १४ लाख मतदाता थपिएका छन्। स्थानीय तह निर्वाचनपछि निर्वाचन आयोगले मतदाता नामावली संकलनलाई प्राथमिकतासाथ अघि बढाएको थियो। प्रतिनिधिसभा निर्वाचन घोषणासम्मको ६ महिनाको अवधिमा १३ लाख ७० हजार २४९ मतादाता थप भएका हुन् ।

थपिएका नयाँ मतदाताले स्थानीय तहको मतपरिणाम अनुसार प्रतिनिधिसभा निर्वाचनको जोडघटाउलाई फरक पार्न सक्छ । स्थानीय तह निर्वाचनमा कुल एक करोड ४० लाख ५४ हजार ४८२ मतदाता थिए । लामो समयसम्म निर्वाचन नहुँदा र हुन्छ÷हुन्न भन्ने दुविधा कायम रहँदा मताधिकार योग्य धेरै नागरिकको नामावलीमा नाम नै थिएन। स्थानीय तह निर्वाचनपछि निर्वाचन आयोगले पुनः नामावली संकलन गरेको थियो।

थपिएका मतदाता संख्या अनुसार अब आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एक करोड ५४ लाख २४ हजार ७३१ मतदाता हुनेछन्।सबैभन्दा बढी मतदाता मोरङमा थपिएका छन्। मोरङमा ८० हजार ९१५ हजार मतदाता थपिए। यस्तै, झापामा ७५ हजार १२ मतदाता थप भएका छन्। सुनसरीमा ५३ हजार १४१, दाङमा ४७ हजार ७६४ मतदाता थप भएका छन्।

यस्तै, काठमाडौँमा ४४ हजार २२०, काभ्रेमा ४१ हजार ४३८ मतदाता थपिएका छन् । यसअघि सबैभन्दा कम पाँच हजार ८८० मतदाता रहेको मनाङमा ७८५ मतदाता थपिएका छन्। रसुवामा चार हजार ५६६ मतदाता थपिएको निर्वाचन आयोगको अद्यावधिक विवरणमा उल्लेख छ ।

कहाँ कति थपिए ?

 

प्रतिक्रिया दिनुहोस्