Logo

अछामका पत्रकार ढुंगानामाथि प्रहरीद्दारा कुटपिट

स्तावेज,आश्विन ३१ गते मंगलवार २०७४ ,काठमाडौँ – अछाम- नेपाल प्रहरीले अछामका पत्रकार यज्ञराज ढुंगानामाथि कुटपिट गरेको छ । अछाम सदरमुकाम मंगलसेनमा भइरहेको अवैध असुलीको विरोध गर्दा प्रहरीले पत्रकार ढुंगानालाई कुटपिट गरेको हो । 

उनलाई सोमबार राति विना कुनै कसुर हत्कडी लगाएर निर्घात कुटपिट गरेको नेपाल पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष बेदप्रकाश तिमल्सिनाले सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन् । पत्रकार महासंघ अछाम शाखाका संस्थापक सदस्य तथा केन्द्रीय पार्षद ढुंगाना रेडियो अछामका सल्लाहकार सम्पादक हुन् । 

यसैबीच नेपाल प्रेस यूनियन अछाम शाखाले पत्रकार ढुंगानामाथि प्रहरीबाट भएको कुटपिटको भत्र्सना गरेको छ । शाखा अध्यक्ष धनराज साउदले विज्ञप्ती जारी गरेर पत्रकार ढुंगानामाथि कुटपिट गरिएको घट्नामा संलग्नलाई कारवाहीको माग गरेका छन् । 

सुशासनका पक्षमा वकालत गर्दा एक सञ्चारकर्मीलाई अमानविय रुपमा विधिको शासनको खिल्ला उडाउदै मानव अधिकारको हनन् हुने गरी पत्रकार ढुंगानामाथि गरिएको ज्यादती निन्दनीय कार्य भएको विज्ञप्तीमा उल्लेख छ । ढुंगानामाथि सुनियोजित ढंगवाट आक्रमण गर्ने दोषी प्रहरीमाथि कारवाही नगरिए आन्दोलनमा उत्रिने प्रेस युनियनले चेतावनी दिएको छ । 

 

प्रतिक्रिया दिनुहोस्