Logo

भियतनाममा भीषण बाढी, ३७ जनाको मृत्यु, ४० बेपत्ता

स्तावेज संवाददाता, आश्विन २६ गते बिहिवार, २०७४,भियतनाम – भियतनाममा भारी बर्षापछि आएको बाढीपहिरोमा परी ३७ जनाको ज्यान गएको छ । ३७ जनाको ज्यान लिएको बाढीपहिरोमा १६ हजार घर पुरिएका छन् भने ४० जना हराइरहेका भियतनाम अधिकारीहरुले बताएका छन् ।

‘टुओइ ट्रे’ पत्रिकाले जनाएअनुसार भियतनामको मध्य क्षेत्रमा रहेको एक पुल भत्कंदा समाचार संकलनका लागि खटिएका भियतनाम समाचार संस्थाका स्थानीय सन्चारकर्मीहरु समेत परेकोे छ ।

एक स्थानीय वासिन्दा येन बाइले ‘टुओइ ट्रे’ पत्रिकालाई आफ्नै आँखा अगाडी छोरालाई बगाउँदा उद्दार गर्न नसकेको बताए । उद्धारका लागि सयौं उद्धारकर्मीहरु खटिएका छन् । बाढी पहिरोका कारण विध्यालय र कलेजहरु बन्द गरिएका छन् भने बिजुली आपूर्ती बन्द हुँदा हजारौं सर्वसाधारण अध्याँरोमा बस्न बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्