Logo

प्लास्टिक सर्जरी गरेका तीन महिलाको भयो यस्तो हालत, प्रहरीले गर्यो पक्राउ

स्तावेज संवाददाता, आश्विन २५ गते बुधबार, २०७४, काठमाडौं – आजकल प्लास्टिक सर्जरी गर्ने क्रम बढेर गएको छ । संसारभरि महिलाहरू प्लास्टिक सर्जरी गराएर सुन्दर देखिने प्रयास गरिरहेका छन् ।

तर प्लास्टिक सर्जरी बिग्रिएर केही महिलाहरूको बिजोक पनि हुन्छ । हालै चीनबाट दक्षिण कोरिया फर्किन लागेका तीन महिलाहरूलाई विमानस्थलमा रोकियो । अन्य कुनै कामका लागि चीन गएका महिलाहरूले त्यहाँ प्लास्टिक सर्जरी गराएका थिए । तर सर्जरी बिग्रियो र अनुहार नै फरक देखियो ।

तीनैजनाको अनुहार सुन्निएको थियो । विमानस्थलमा उनीहरूले विमान चढ्न लाग्दा रोकियो किनकि उनीहरूको राहदानीमा भएको तस्वीरसँग उनीहरूको अनुहार मिल्दैनथियो । इमिग्रेसनका अधिकारीहरूले महिलाका राहदानी तथा अन्य कागजात जाँचे । अनुहार तस्वीरभन्दा फरक थियो र पट्टी पनि बाँधिएको थियो ।

महिलाहरूले अधिकारीहरूलाई ती महिला आफैं हो भनी बुझाउने कोशिश गरेपनि प्रहरीले अधिकारीहरूले मानेनन् र पक्राउ गरे ।अहिले यी महिलाहरूको तस्वीर चीनको सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

                      एजेन्सी

प्रतिक्रिया दिनुहोस्