Logo

रेखा थापाको कारलाई ट्रिपरको ठक्कर

स्तावेज संवाददाता, आश्विन २५ गते बुधबार, २०७४, काठमाडौं – चर्चित नायिका रेखा थापाको कारलाई ट्रिपरले ठक्कर दिएको छ। बुधबार चलचित्र ‘रुद्रप्रिया’को बारेमा अन्तर्वार्ता दिएर फर्किदै गर्दा चाहविलमा उनको कारलाई ट्रिपरले ठक्कर दिएको हो। नायिका थापा चढेको बा १४ च ४७२ नम्बरको कारलाई बा २ ख ८६३२ नम्बरको ट्रिपरले ठक्कर दिएको गौशलाका प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार थापाको कारको पछाडिको भाग स्क्र्याच भएको छ। 

दुर्घटनापछि ट्रिपर चालक र नायिका थापालाई गौशला प्रहरीले सोधपुछ गरेको थियो। रुद्रप्रियाको दौडाहामा लागि रहँदा रेखाको कारलाई ट्रिपरले ठक्कर दिएको यो पहिलो घटना हो।

प्रतिक्रिया दिनुहोस्